• सोमबार, साउन-३०,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल (स्याङ्जा वालिङ, मिर्दी)

हाम्रो घर वा आवासको नजिकै रहेको घरमा रहनेहरुलाई हामी छिमेकी भन्ने गर्दछौं । एउटै आवास क्षेत्रमा रहनेहरुको वीचमा सहयोगको आदान प्रदान हुने गर्दछ । एउटाको घर परिवारमा के भैरहेको छ भन्ने कुराको जानकारी पनि छिमेकीलाई हुने गर्दछ, । के सहयोग गर्न आवस्यक भैरहेको छ सो अनुसार गर्नु छिमेकीको धर्म नै हो । छिमेकीलाई पर्ने गारो अप्ठारोमा सहयोग पाइन्छ ।

छिमेकी मध्ये कोही खराव भयो भने छिमेकी सवैलाई उसले डस्न पनि सक्दछ । छिमेकी सध्दे पर्यो भने आँफुलाई पनि सहयोग पुग्दछ र उसलाई पनि त्यस्तै सहयोग पुग्छ,त्यसैले छिमेकी भनेको परिवारका सदस्यको वीचमा जस्तै निकटता हुने गर्दछ । एउटाको सुखमा सुख र दुःखमा दुःख हुने गर्दछ । जसले यो रहस्यका वारे ख्याल गर्दैन उसले छिमेकीबाट पाउने सहयोगबाट वन्चित रहन्छ त्यसैले होला जिससले दिएका १० उपदेश मध्ये एक छिमेकीलाई क्षमा गर वा छिमेकी संग माफी माग भन्ने छ ।

मैले यंहाँ आज अलि फरक खालको छिमेकीको चर्चा गर्ने प्रयास गरिरहेको छु । हाम्रो शरीर पनि धेरै अङग प्रत्यङ्रग तथा इन्द्रियहरुको समिकरण हो । अध्यात्मको अध्यायन गर्दा शरीरलाई हामी एउटा पक्ष जो पदार्थको समूह मान्छौं र शरीर भित्र रहेको अदृश्य तत्व जसलाई आत्मा भन्दछौं आर्को पक्ष । यो हिसावले दुइवटा पक्षहरु भयो,। शरीररुपी रथ यही आत्म तत्वको प्रेरणले चलेको विश्वास गरिन्छ यस हिसावले दुवै छिमेकीको मिलनबाट एउटा शरीर अस्तित्वमा रहन्छ । 

वेदान्त दर्शन अनुसार, हाम्रो शरीररुपी रुख भित्र २ वटा चराहरु हुन्छन, एक चरा शरीरले पाउने सुख दुःखको भोक्त हुन्छ जो तल्लो हाँगामा वस्दछ र आर्को चरा रुखको माथिपट्रिट वस्छ, जसले हेरीमात्र रहन्छ, तर यो शरीरको कुनै पनि योजना वा भोगमा सहभागी हुदैन । यो द्रष्टाको उपस्थति नै प्रयाप्त हुन्छ अर्थात उसैको उपस्थितिमा शरीर जिवित रहन्छ । माथिल्लो हाँगामा वस्ने उक्त चरालाई कतै साक्षी कतै द्रष्टा त कतै आत्मा भनेर पनि सम्वोधन गर्ने गरिन्छ, भक्ती शास्त्रमा यसैलाई वासुदेव भनेर पुकारा गरिन्छ । तल्लो हाँगामा वस्ने चरोलाई जिवात्मा पनि भनिन्छ र यो पनि पदार्थ नै भएकोले यसलाई शरीरमा मिसाएर वोल्दा २ मात्र रहन जान्छ ,एक शरीर र आर्को  शुद्द आत्मा । 

छिमकीले छिमेकीलाई चिनेजानेका हुन्छन तर यो शरीर र यसभित्रको उसको यो छिमेकीका वीचमा भने हामी अहिले सम्म वेखवर छौं । अहिले सम्म हामी नै मात्र हौं, हामी नै श्रष्टा हौं, हामी वुद्दिजिवी, हामी दिनेवाला, हामी नै निर्णायक हौं भन्ने अभिमान गरिरहेका छौ । जुन छिमेकीको भरमा हाम्रो एकएक पल सास चलीरहेको छ त्यस्तो दाता छिमेकीलाई विर्सेर दिनदिनै उदास निरास भएर वाँचीरहेका छौं । हामी स-सानो सहयोग लिदा कसैलाई धन्यवाद दिने औपचारिकता पुरा गर्दछौ तर हाम्र जीवनदाता छिमेकीलाई धन्यवाद त के सम्झन पनि आवस्यक ठान्दैनौ, त्यसैले हामी वैगुनी छौं ।

कहीँ केही काममा जाँदा हाम्रो घर ठेगाना चिनाउन छिमेकमा रहेका ठूला मान्छेको नाम भन्ने गर्दछौं ।  सर्वपरिचित छिमेकी संगको यो नाता र उनाता लगाउन र लाभ लिने कोशिष गर्दछौं  । वस्तिमा कुनै नेता, सचिव, मन्त्री, प्रधानमन्त्रीले घडेरी किने भने त्यही नाताले छिमेकी जतिले जग्गाको भाउ वढाउने मात्र हो र उनैको धाक देखाएर सुविधा लिने कोशिष गर्दछौ र त्यँहाको विकास निर्माणको गति नै वेग्लै हुन्छ ।  २०। २५ वर्ष अगाडि लोकन्थलीमा होस की वालकोटको त्यत्ति धेरै चर्चा थिएन नि, अजकल चर्चाको शिखरमा छ छिमेकीको नाताले, भैसेपाटी र वुढानिलकंठ पनि ।

हाम्रो असली छिमेकी हामी भित्र छ, छिमेकीले वरु डेरा सारेर अन्तै जालान हामीभित्रको छिमेकीले त्यसरी डेरा छाड्रदैनन र तपाईको दुख सुखमा संधै साथमा रहन्छन् । उनले डेरा छाड्रने वित्तिकै हाम्रो जीवन समाप्त हुन्छ । हामी भित्रको छिमेकीमा कुनै पक्षपात छैन,स्वार्थ छैन, राग र विकार छैन अत्यन्त प्रेमील छ, जस्को आभास हुनेवित्तिकै आँखाबाट अजश्र हर्षका आँसुहरु वर्षन थाल्दछ, हामीलाई धन्य जीवन दिएका रहेछौ भनेर । अत्यन्त प्यारो यो छिमेकी जो व्रम्हान्डको नायक हो,जो संग सवै सम्पदाको खानी छ, सर्वशक्तिमान छ तर त्यसलाई हामीले चिनीरहेका छैनौ र आँफै भित्रको सम्पन्नता खजानाको भन्डारवाला छिमेकीलाई नचिनेर दुःखी र निराश भएर दिन विताउदै छौं, वरु हामी कुनै एक शाखा अधिकृत छिमेकी भएकोमा कुनै डाक्टर र वडाअध्यक्ष, मेयर,उपमेयर र मन्त्री छिमेकी भएकोमा गर्व गर्दछौं । तर यी छिमेकीलाई कसरी चिन्ने हो भन्ने वारे पनि हामी वेखवर छौं ! यी छिमेकीलाई चिन्न जान्न खोजियो भने सकिनेछ धेरैले चिनेर ठूलो सम्पदाको मालिक वनेर स्वधाममा, स्वरुपमा फर्केका नजिकैको इतिहास र कथाहरु पनि छन् ।

घरका छिमेकी संग गफ्रिनको साटो एकान्तमा शरीर भित्रका यिनै छिमेकी संगको संगत वढाउने अभ्यास गर्दै जाने सजिलो उपाय हो । एकान्तमा वसेर आँखा चिम्लेर स्वासमाथीको निरीक्षणलाई वढाउदै लगियो भने हामीले देखेको यो शरीर र आत्मारुपी छिमेकीलाई सासले छुट्रटयाएको वा सीमाना लगाएको थाहा पाउने छौ । त्यस सीमाना भन्दा यता शरीर मन वुद्दिहरु छ । अनेक योजना, संग्रहको सोच, आफ्रनो उदेस्यमा वाधक वन्नेहरुलाई भित्रभित्रै गालीगरेको, , प्रशिद्दिको लागि गर्ने कामहरु, सकारात्मक नकारात्मक सवैकुराहरु र परिचय वचाउनको लागि संधर्ष यतापट्रिटको भागले गर्दछ जव हामी सासको सीमाना पार गरेर पल्लो डिलका छिमेकी संग गाँसिएर यतापट्रिटको हर्कत देख्छौ तव हाम्रो ती सारा दुःखको भारी हलुका हुन्छ, उही उकालोमा भारी विसाउदा कस्तो आनन्दहुन्छ । 

अव हामी पल्लो छिमेकी संग रहने आदतमा हुन्छौं, त्यँहा कुनै कुन्ठा पनि छैन, मान तथा लाभहानीको चिन्ता पनि छैन सवै शरीरी कर्महरु फगत नाटक भएको लाग्छ । यसलाई यसरी वुझौं सपनामा हामीले कति दुःख कष्ट पाएर रोएको देख्छौ जव विउँझन्छौं तव सपना पो रहेछ भनेर दुःख लाग्न छाड्रछ ।  तव हाम्रो छिमेकी मन्त्रीमात्र हो र विराटको मालिक भएको  थाहा हुनेछ र हामी वेस्करी मज्जा मान्नेछौ र गर्व गर्ने छौं। यी छिमेकीलाई भक्ती शास्त्रमा विष्णुका सहस्र नाम मध्ये सवैका भित्र रहने भएर वासुदेव भनिकन उपासना गर्दछन । 

यिनैलाई सहस्र नाममा विराट पुरुष पनि भन्छन, सर्वत्र फैलिने हुदा विभू पनि भन्छन् यिनको सहस्र नाम त छदैछन तर मैले एक नाम फेरी थपिदिएँ ‘छिमेकी’ । धेरै टाढा खोज्न जान भन्दा छिमेकीलाई नै खोज्न भेट्रन सजिलो हुन्छ । श्रमविहिन भएर आँखा चिम्लेर छिमेकी ढुडौ अवस्य भेटिनेछ,।  छिमेकीको जय होस ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …