तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

काठमाडौं । देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउछन् र उनीहरु बस्छन् पनि । पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठ्माडौंमा बस्छन् । काठ्माडौंमा घर हुनु सबैको लागि सम्भव छैन् त्यसैले अघिकांश डेरामै बस्ने गर्दछन् । उपत्यकामा देशभरका जिल्लामध्ये सबैभन्दा धेरै चाप छ ।

भक्तपुर,ललितपुर र काठ्माडौंमा कोरोनाको संक्रमणदर ह्वात्तै उकालो लागेको छ ।  त्यस्तै, अधिकांश स्थानमा भीडभाड पनि उस्तै छ नै छ । उपत्यका कोभिडको हटस्पट बन्न सक्ने बारे सबैले अड्कल सुरु गरिसकेका छन् । कोरोनालाई हलुका रुपमा लिदैं निस्फिक्री हिड्नेहरु बाटामा यत्तिकै छन् ।

न मुखमा मास्क छ न सामाजिक दुरीको पालना नै भइरहेको देखिन्छ । बाहिरी जिल्लाबाट उपत्यका आएकाहरु भ्mन बढी त्रासमा देखिन्छन् । कोरोनाले हामी र हाम्रो परिवारलाई केही हुने त होइन् भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ । कोरोनालाई मध्यनजर गर्दै दैनिक आफ्नो जन्मथलो फर्किनेको संख्या बढेको छ ।

यता, सरकारले बिदासंगै मिलान हुने गरि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरिसकेको छ । वालवच्चाको विद्यालय बन्द भएर भन्दा पनि कोरोनाको त्रासले उपत्यका छाड्नेहरु बढी भेटिन्छन् । राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने मान्छेको संख्या पहिलेको भन्दा निकै नै बढेको देखिन्छ ।

नयाँ बसपार्कमा नै टिकटको अभाव देखिन थालेको छ । कंलकीबाट बाहिरी जिल्लामा जाने सर्बसाधारणको भीड उत्तिकै छ । बल्खुबाट पनि मानिसहरुले उपत्यका छोडेको छन् । कोटेश्वर, जडीबुटी, गठ्ठाघर, सुर्यविनायकमा पनि उपत्यका छाड्नेको भीड छ । तर, गाडी चढ्न स्टपमा बसेकाहरुको मुखमा मास्क छैन् ।

बालबच्चालाई समेत मुखमा मास्क लगाइदिएको छैनन् । भौतिक दुरी पालनालाई त्यहा पनि हेलचेक्याइ गरिरहेको जस्तो देखिन्छ । हातमा झोलाचाहि देखिन्छ । यिनीहरुको लापरबाहीले पुरा गाँउ नै हटस्पट बन्ने देखिन्छ । काठ्माडौबाट गएकाहरु कोभिड फैलाउने बाटो बनेको छ ।

उपत्यकाबाट जानेहरु कसैको पनि कोरोना परीक्षण गरिएको छैन् । उनीहरु यत्तिकै घर फर्किदैछन् । यदि ती मध्ये कसैलाई कोरोना संक्रमण भएको रहेछ भने पुरै गाँउ कोभिडको संक्रमणमा आउन सक्छ । तर, कसैले पनि यसमा ध्यान पुप्याएको छैन् । गाँउमा बसेका, कतै नगएका मानिसहरुलाई कोरोना संक्रमित बनाइदैछ । गाँउमा बस्नेहरु जोखिममा परेका छन् ।

उपत्कयावासीको कारणले गाँउ पनि कोभिडको हटस्पट बन्दै छ । गाँउपालिका, नगर पालिका र वडाले क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छैन् । उपत्यकाबाट गएकाहरु सिधै आफ्नो घर गइरहेका छन् । यसरी सिधा घर जाँदा आफन्तहरुको ज्यान जान सक्छ । क्वारेन्टिनको व्यवस्था गर्दा पुरै गाँउ नै सुरक्षित हुन्छ ।

उपत्यकाबाट जानेहरुलाई कोरोना परीक्षण अनिवार्य गरिनुपर्छ । यसले एक जनालाई मात्र नभई सबैलाई फाइदा हुन्छ । लामो राडमा चल्ने चालक, सहचालकहरुले मुखमा मास्क लगाएका छैनन् । सरकारले सवारी साधन चलाउन बनाएको कुनै पनि स्वास्थ्यमापलण्ड पालना गरेको छैन् ।

सिटभन्दा बढी यात्रु हालेर लगिरहेको छन् । सरकारले निर्धारण गरेको भाँडा कति हो यात्रुलाई अत्तोपत्तो छैन् । सहचालकले मागेजति भाँडा तिरेर घर फर्किरहेका छन् । गाँउगाउबाट पनि उपत्यका आउने संख्या कम हुनसकेको छैन् । त्यहीमाथि राजधानीमा दैनिक कोरोना बढीरहेको छ ।

हिजो उपत्यकामा मात्र १२ सय बढीमा कोरोना संक्रमित देखिएको छ । उपत्यकामा कोरोनाले विकराल रुप लिएकाले उपत्यका वासीहरु चिन्तित बनेका छन् । कोरोनाको संख्यामा वृद्धि हुदा उपत्यकाका अस्पतालहरुमा भीड लाग्न थालेको छ । केही दिनपछि बेडनपाएर पुन भुइमा बसेर छट्पटाउने दिन आँउछ ।

कोभिडले भयानक रुप लिँदा पनि उपत्यकामा कोरोना न्युनिकरणको लागि सजगता अप्नाएको जस्तो देखिदैन् । विदेशबाट आउनेको संख्या पनि उत्तिकै छ । नाकाबाट भित्रिनेको लर्को पनि चर्को देखिएको छ । उनीहरुको परीक्षण प्रभावकारी रुपमा हुन नसक्दा उपत्यका वासी जोखिममा परेको छन् ।

उपत्यकाको बढ्दो कोभिड दर देखेर लकडाउन नै प्रभावकारी बन्ने देखिन्छ । भुसमा जसरी आगो फैलिन्छ उपत्यकामा पनि त्यति नै छिटो कोरोना फैलिरहेको छ । केही सातामा कोरोनाले नेपालमा तहल्का मच्चाउने निश्चित देखिएको छ । भक्तपुर, ललितपुर र काठ्माडौंको प्रमुख अधिकारीहरुले कोरोनाबाट आफ्नो जिल्लाको मानिसहरु जोगाउन छिटो निर्णय गर्न जरुरी देखिएको छ ।

अहिलेको आवश्यकता स्मार्ट लकडाउन नभई लकडाउन नै हो । गाँउ जानेलाई जान व्यवस्था मिलाइ दिएर उपत्यकामा केही दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमणदर ओरालो झर्न सक्छ । कोरोनाले यत्रो तहल्का मच्चाउदा पनि सरकारले किन उचित कदम चाल्दैन् ।

२५ जनाभन्दा धेरै भेला हुन नदिने भनेको छ । तर, मठमन्दिरमा सयौंको संख्यामा भक्तजनहरु छन् । अनुगमन कसले गर्ने ? रात्रिकालिन व्यवसायीहरुमा पनि त्यही नै हो । जति मान्छे राखेर चलाएपछि कसैलाई अत्तोपत्तो छैन् । सरकारले गरेको निर्णय कार्यान्वयनमा गएको जस्तो देखिदैन् ।

गृह मन्त्रालय र उपत्यकाका सिडियोहरुले मास्क नलगाउनेलाई जरिवाना र कारबाही गर्ने भनेर निर्णय गरेको छैन् । जसको कारण बाटामा मास्क नलगाई हिड्नेको संख्या बढेको छ । आफ्नो लापरबाहीले अरुलाई कोराना सारेर मार्न पाइदैन् । मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय दुवै गर्नुपर्छ ।

नेपालको एक तिहाइ जनसंख्या उपत्यकाभित्र बसोबास् गर्छन् । भीडभाड पनि उपत्यकामा त्यस्तै छ । प्रभावकारी नियम बनाउन उपत्यकाका सिडियोहरु सक्दैनन् । भस्डभाड नियन्त्रण गर्ने भन्दै आश्वासन दिन्छन् । भीडभाड कसरी नियन्त्रण हुन्छ ? हिड्ने जसरी पनि हिडिहाल्छन् ।

कडा निषेधाज्ञा नगरेसम्म भीडभाड नियन्त्रणमा ल्याउन असम्भव जस्तै छ । भीडभाड हुने स्थल नजाऔ भन्दा जनतााले सुन्दैनन् त्यस्तैमा जान खोज्छन् । हरेक स्थानमा प्रहरी प्रशासन खटाउन पर्याप्त जनशक्ति छैन् । अस्पतालमा बेड नपाउने स्थिति बनिसक्यो त्यही पनि यत्रो लापरबाही ।

अस्पतालहरु धमाधम बेड छैन् भनेर घोषणा गरिरहेको छ सरकार वेवास्ता । कोरोना लागेपनि सबैसंग उपचार गर्ने खर्च छैन् । कि त मर्नुपप्यो कि सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउनुपप्यो । सरकारले जोखिम हेरेर लकडाउन नगर्दा भोलि जनताको उपचारमै सरकारको ढुकुटी रितिन्छ ।

जुनसुकै व्यवसायी गरेपनि, उधोगपति नै भएपनि ऊ त जनता हो । कोरोनाले पनि उधोगपति, धनी,गरिब भन्दैन् । सरकारले सबैभन्दा पहिले जनता बचाउनुपर्छ । किनेभने सबै जनता हुत्यु भइसकेको छ । यत्रो मान्छेले अकालमा ज्यान गुमाउदा पनि सरकारलाई चेतना आउदैन् ।

उपत्यकाका सिडियोहरुले प्रभावकारी कदम चाल्न सकेनन् भनेर उपत्यकावासीहरु आक्रोशित बनेका छन् । उपत्यका भित्रिने नाकाहरु बन्द गर्नुपर्छ भन्दा पनि खुला छोडिएको छ । थानकोट र साँगा नाकाबाट अहिले पनि मानिसहरुको ओहोरदोहोर भइरहेको छ । उपत्यकावासीको सुरक्षाको जिम्मा लिएका सिडियो र मेयरहरुलाई नै यिनीहरुको माया छैन ।

सबैलाई कोरोना लागेर मर्नुपर्ने त होइन् भन्ने चिन्तो पिरोलिसकेको छ । उपत्यकाका सिडियोहरु जनताको पक्षमा होइन् व्यापारीको पक्षमा छन् । व्यापारीको भनेअनुसार उपत्यका चलिरहेको देखिन्छ । गृह मन्त्रालयले निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार सिडियोलाई दिएको छ ।

तर, सिडियोहरु केही गर्दैनन् । यिनीहरुको कारण कसैको पनि अकालमा ज्यान गुमाउनुनपरोस् । सिडियोहरुले लकडाउनको घोषणा गर्ने हो भने कोरोनाको संक्रमणदर केही हदसम्म नियन्त्रणमा आउन सक्छ । सर्वसाधारणको बाँच्ने अधिकार सुनिश्चित हुन्छ । ७७ वटै जिल्लाका सिडियोहरुले आफ्नो जिल्लाको जनता बचाउन बेलैमा सोच्नुपर्नेछ ।

आफ्नो जिल्लाको अवस्था कस्तो छ । अस्पतालहरुमा बेडहरु पर्याप्त छन् कि छैनन् । कोभिडको स्वास्थ्य मापदण्ड पालना भएका छन् कि छैनन् भनेर सोच्ने बेला आइसकेको छ । कोरोना लागेर मरेका फर्केर आउदैनन् । बाँचेका जतिलाई जसरी हुन्छ बचाऔ । सामान खरिदबिक्री गर्ने नाममा कोरोना नफैलाऔ । भौतिक दुरीको सक्दो पालना गरौ ।

होटल, रेस्टुरा पनि टेक अवेको व्यवस्था गरौ । समयअनुकुल टेक अवे अहिलेको लागि उचित छ । खोप कार्ड भनेको छ तर सबैमा खोपको व्यवस्था गर्न सकिएको छैन् । त्यसैले होटल, रेस्टुरामा टेक अवे लागु गर्न ठिक छ । उपत्यकामा भयानक रुप लिएको कोरोनाले गाँउघरलाई पनि जोखिम तुलाइदिएको छ । केही साताको लाग लामो रोडको गाडी बन्द गर्नुपर्छ । एउटा जिल्लाको मानिस अर्को जिल्ला जानबाट प्रतिबन्ध लगाउनुपर्छ । यसमा नेपाल सरकारको ध्यान जाओस् । पहिलेको जस्तो गल्ती फेरि पनि नदोहोरियोस् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …