तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, स्याङ्जा

श्री ३ चन्द्र शंसेर जवरा१९०७ एडीमा १० हप्ताको भ्रमणका लागि वेलायत गएका थिए । वेलायतमा पुगेका श्री ३ले विजुली देखेपछि महत्वाकाँक्षा जाग्यो र उनले यसको उपयोग, फाइदा तथा निर्मणका वारे तहाँका अधिकारीहरू संग वुझेछन र नेपालमा पनि यसको सुरूवात गर्ने इच्छा जनाएछन् । 

राणाहरूबाट रिझाइएका वेलायती सरकारले सहयोग गर्न तैयार भए । चन्द्र शंसेर नेपाल फिर्ता हुने बित्तिकै फर्पिङ क्षेत्रको अध्ययन गरिएको र तहाँ सम्भावना देखिएकोले सात, मुले शेषनारायण समेतका ठाउँहरूको पानि संकलन गरि बिध्युत उत्पादन गर्न वेलायति इ्न्जिनियर कै सहयोगमा डिजाइन र सर्वे गरिएछ ।

वाटोघाटो नभएकोले आबस्यक  सामाग्री नजिक किन्न पनि नपाइने, ट्रान्समिशन लाइन तथा अन्य निर्माणका लागि आबस्यक पर्ने प्राविधिक तथा जनशक्तिको अभाव भएको यो  समयमा आयोजना सम्पन्न गर्नु ज्यादै चुनौति थियो जवकि अहिले सम्म पनि यो समस्या नेपालमा छ । परियोजना सन्चालन गर्न राणाहरूबाटै सहज हुने देखेर होला राणा परिवारका विशेस व्यक्तिहरूलाई यस कामको जिम्मा दिई  तत्काल निर्माण सुरू भएको थियो । 

उनीहरू कै बिशेष चासो र रूचीमा सुरू गरिएको योजना चंद्रज्योति हाइटोपावर प्रोजेक्ट सुरू गरेको ४ वर्षमा नै विध्युत उत्पादन गर्न सम्भव भयो। हालको दक्षिणकाली न.पा वडा नं ३ फर्पिङ अन्तर्गतका सातमुले र शेषनारायण अन्तर्गतका पानीका श्रोतहरूलाई फलामे पाइपबाट तल सुखेलमा ल्याएर २०० फिट जतिको गोलाइ र १८ फिट गहिराइको पोखरीमा पानी संकलन गरि, त्यहाँबाट २०० मिटर जतिको लम्वाइमा तल वगाएर २०० फिट जतिो होचो स्पीडमा खोलाको किनारमा पानी खसालीएको छ र त्यहाँ बिध्युत गृह वनाइएको छ । यो आयोजना सम्पन्न गर्न तेतिवेला रू ७१३२३४। लागत लागेको र त्यसबाट ५०० कि.वाट बिध्युत उत्पादन भएकेो थियो । 

वि.सं. १९६८ जेठ ९मा वा (१९०० एडी )टुंडीखेलमा श्री ५ पृथ्वी वीरविक्रम शाहदेवबाट वत्तिको स्वीच अन गरि उद्घाटन गरिएको सो विध्युत त्यतिवेलाका राणा राजा तथा भाइ भारदारहरूलाइ मात्र वितरण गरिएको थियो । यो आयोजना वनाउदा खोकना वासीहरूले श्रम जुटाउन सहयोग गरेका कारणले खोकना गाउँका सिद्दिलाल महर्जनको घरमा सवै भन्दा पहिला वत्ति वालिएको थियो रे त्यसपछि मात्र उद्घाटन भएको रहेछ । 

मिटर नराखिकन ५। ६ वटा वल्व वाले वापत सिद्दिलाल महर्जनले महिनाको ५ पैसा दिन्थे रे सरकारलाइ । उद्घाटन समारोहमा नेपाल अव आधुनिक युगमा प्रवेश गरेको छ भनेर दावी गरेका थिए रे चन्द्र शंसेरले । विश्वमा नै पहिलो बिध्युत गृह वनेको ३५ वर्ष भित्रै हाम्रो यो योजना वन्यो। भारतमा सन १८८७ मा सिद्रापोङ दार्जिलिङमा हाइड्रो पावर स्टेशन वनेको थियो  यस हिसावले नेापालको विध्युत एशियाको दोश्रो थियो  भने युआन प्रान्त चीनमा वनेको परियोजना भन्दा १ वर्ष अगाडि हाम्रो वनेको हो । यति चाँडो सुरूभएको विजुली यही रफ्तारमा अरूपनि बिकासको फड्को मार्दै जान सकेको भए सायद अहिले नेपाल एसियाको बिकसित र धनी मध्येको एक देश हुने थियो  । जवकी अहिले १२१ वर्षमा वल्ल २००० मेगावाट विध्युत उत्पादन भएको छ र देशको आबस्यक हिसावले यो एक तिहाइ मात्र हो।

सन १९११ देखि निरन्तर बिध्युत उत्पादन भैरहेको यो आयोजना, अहिले भने उत्पादन सुन्य छ । ललितपुर भैसेपाटी लगाएतका ठाउँहरूमा खानेपानीो अभाव भएकोले विजुली प्रयोजनको लागि पोखरीमा संकलित पानी २०३८ साल देखि धेरै खाने पानीको लागि वितरण गरिन थालियो । आजकल दिनको १।२ घन्टा मात्र पोखरीको पानी विध्युत उत्पादनमा प्रयोग गरिन्छ । अहिले विध्युत गृह हेर्न आउने रमाइलो गन्तव्य मात्र वनेको छ । सन २०१०मा नेपाल सरकारले यसलाइ बिध्युत विकासको संग्राहलयको मान्यता दिदै अध्ययन अनुसन्धान संस्थाको रूपमा विकास गर्ने घोषणा गर्यो तर तदनुसारको काम पनि भएको देखिएको छैन ।

परियोजन स्थल हेर्दा निकै सजिलो प्रविधिबाट पनि विध्युत उत्पादन गर्न सकिने प्रेरणा दिने खालको छ । मानिसले विकास गर्छु भनेर संकल्प गर्ने हो भने जतिसुकै प्रतिकुल र अभावका वीचमा पनि काम गर्न सकिदो रहेछ भन्ने नमुना आयेाजना हो यो । त्यहाँ प्रयोग भएका वाक्ला फलामका ठूला पाइपहरू, १५ ।२० इन्चका फलामे सकेट एवं टर्वाइनहरू कसरी भिमफेदी देखि मानिसहरूले वोकेर ल्याए होलान ? र त्यो पनि निर्माणको सवै काम ४ वर्षमा सकिएको छ । सायद अहिले वाटोघाटो भएको अवस्थामा पनि ५। ७ वर्ष लाग्थ्यो होला ! हामी तात्कालीन राणाहरूलार्इ नकारात्मक धारणा वनाउने गर्दछौ तर उनीहरूमा भएको विकास परिवर्तन र परिकल्पनाको क्षमतालार्इ भने यसले उजागर गर्दछ भलै उनिहरूले आफ्ना  सुख सुविधा र विलासका लागि वनाएका किन नहोउन । 

उनीहरूकै प्रयोगको लागि यही आयोजना  वनेको २८ वर्ष पछ विसं १९९२ सुन्दरीजलमा दोश्रो आयोजना  वनाए जुद्द शंसेरले यो पनि उनीहरूकै प्रयोगको लागि थियो । तर उनै राणा शासकहरूले स्थापना गरेका कतिपय संरचनाहरू अहिले हाम्रा राष्ट्रिय गौरव र पहिचान वनेका छन् ।

देशकै जेठो र एसिया महादेश भित्रको दोश्रो यो आयोजना   हाम्रो ऐतिहासिक धरेाहरका रूपमा रहेको छ तर अहिलेका सरकारहरूले त्यहाँ सम्म पुग्ने राम्रो वाटो समेत वनाउन नसकेको देख्दा दुःख चाही लाग्दो रहेछ । आयोजना निर्माण अवधिमा विध्युत गृह नेर वनेका आवास घरहरू जीर्ण भएर गुहार नपाएर वसेका देखिन्छन् । कतिपय प्रयोगहिन भएका पाइपहरू सुरक्षित राख्नु पर्नेमा पोखरी वाहिर फ्याकिएको छ र पाइपहरू खियालागेको छ, पेन्टिङ गर्नु पर्ने हो ?

काठमान्डौबाट दक्षिण तर्फ जम्मा १२ किमी दुरीमा रहेको आयोजना स्थल पुग्ने वाटो राम्रो छैन १२ अै काल पुग्न सकिने वाटो वनाउनु पर्दछ । तलका जीर्ण भवनहरू मर्मत तथा पुनर्निर्माण गरि राष्ट्रिय सम्पदाको रूपमा जीवन्त राखियोस तथा घोषणा गरे अनुरूप विध्युतीय अध्ययन तथा अनुसन्धान गर्ने निरन्तर संस्थाको रूपमा अगाडि वढाउन सकियो भने यो प्रविधिमूलक शैक्षिक ऐतिहासिक तथा पर्यटकीय आकर्षणको केन्द्र वन्ने छ, वरपरको सुन्दर दृश्यको त वर्णन गर्न पनि सकिदैन त्यति राम्रो देखिन्छ ।

चन्द्र शंसेरले विजुली हेर्न वेलायत गएका थिएनन, तर त्यहाँ देखेको विजुलीबाट उनी लोभिएर आफु  कहाँ वनाउने संकल्प गरे र वनाएरै छाडे तर कैयन वर्ष देखि हाम्रा नेता मन्त्री प्रमहरू राष्ट्रको ठूलो धनरासी खर्च गरि केही देखेर सिकेर आउन विदेश भ्रमणमा मरिहत्ते गरि जाने गरिएको छ तर धरै भ्रमणको उपलव्धी सुन्य हुने गरेको छ । अझ आजकल त अध्ययन अवलोकन भ्रमणको फेसन नै वनेको छ तर त्यसको उपलव्धी हेर्यो भने निरास हुनु पर्ने स्थिति छ तसर्थ देशको जेठो विजुली घर निर्माणको  इतहासबाट केही त सिकौ न ! (श्रोत विभिन्न अनलाइन न्युज एजेन्सीहरू)

चंद्रज्योति हाइटोपावर प्रोजेक्ट आयोजना स्थलका केही तस्बिरहरु: 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …