आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट …

क्रिसमसलाई सम्झदा !

पवित्र वाइवलका अनुसार, स्वर्गीय वैभवले सम्पन्न यर्दनको वारीमा, सुख पुर्वक वसेका प्रथम मानव जोडी  आदम र हव्वाले आफ्ना  पिता -प्रभु  यहोवाको उपदेश नमानेको कारणले तत्काल उनीहरूमा पापको उदयभयो  ।  त्यहाँ देखि नै  मानिसहरू पापी भए र त्यसैको कारणले गर्दा पृथ्वीमा …

आज देशभर ‘कृष्णा जन्माष्टमी’ पर्व मनाइदैँ

काठमाडौ । आज देशभर  ‘कृष्णा जन्माष्टमी’ पर्व भव्य साथ भगवान श्रीकृष्णको पुजाआराधनाका साथै श्रद्धा-भक्तिपूर्वक मनाइदैँछ । भगवान श्रीकृष्णलाई बिष्णु भगवानको आठौं अवतारको रुप मानिन्छ । पुराणका अनुसार ज्ञान, कर्म र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमी तिथि को …

आज श्रावण शुक्ल पञ्चमी अष्टनागको पुजा बिधि

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा अष्टनागको तस्बिर घरको मूलढोका माथी गोबरले टाँसेर परम्परागतरुपमा पुजा आराधनागरि मनाइदैँछ । उक्त तस्बिरमा गाईको दुध , दहि , दुबो , फूल, अक्षता , सिंदुर र जौतिल राखी बिधि पुर्वक पुजा गरिन्छ …

आज हरिबोधिनी एकादशी: तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौँ। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी …

प्रधानमन्त्री देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मालम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । फाल्गुनन्द जयन्तीका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज …

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ …

मिथिला क्षेत्रमा छठपर्वको रौनक

महोत्तरी । महोत्तरी सहितका मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई …

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित …

छठ पर्व : नदीका किनारमा विशेष सजावट

विराटनगर। तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ …