आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्यूँझाउन !

काठमाडौँ । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।  नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी …

तिहारको तेस्रो दिन आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा पर्व मनाइँदै

काठमाडौं ।यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर …

नरक चतुर्दशी पर्व आज स्नान र दीपदान गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् …

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज

काठमाडौँ। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि …

आज तिहारको दोश्रो दिन कुकुर तिहार मनाईदै

काठमाडौं। कार्तिक कृष्ण तृतीय तिथिमा मनाइने काग तिहार र चतुर्थी तिथिमा मनाइने कुकुर तिहार आज मनाइदै छ । कुकुर तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज पर्ने तिहार घरको रक्षक कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिई मनाइँदै छ । आजको …

सयपत्री फूलले बढायो तिहारको चहलपहल

रामपुर:ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ …