तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा अष्टनागको तस्बिर घरको मूलढोका माथी गोबरले टाँसेर परम्परागतरुपमा पुजा आराधनागरि मनाइदैँछ । उक्त तस्बिरमा गाईको दुध , दहि , दुबो , फूल, अक्षता , सिंदुर र जौतिल राखी बिधि पुर्वक पुजा गरिन्छ ।

”अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥” मन्त्रले नाग देवताको प्रथना गर्ने प्रचलन रहेको छ ।  यस दिन नाग देवताको व्रत समेत  लिने गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु यस दिन नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँसे पछि  घरमा चट्याङ नखस्ने  तथा आग्लागी समेत नहुने र सर्प , बिच्छी आदि जस्ता बिषालु जीवको डरसमेत नहुने धार्मिक आस्था बोकेका हुन्छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …