तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । कांग्रेस सांसद गगनकुमार थापा अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालको तर्फबाट थापा निर्वाचित भएका हुन् ।

थापाले सामाजिक सन्जाल मार्फत आफु वोर्ड सदस्यमा निर्वाचित भएको जानकारी दिदै  विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने मौका  पाएको र आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने उल्लेख गरेका छन । 

उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको उल्लेख गर्नु भएको छ । 

नेपाली काँग्रेसबाट उम्मेदवार भइ काठमाडौको क्षेत्र नं. ४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …