तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ ।
आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने संभावना न्यून रहेको छ । कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् ।

मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन् ।
संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ । कुल २८४ उम्मेदवारहरु मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …