काठमाडौँ। शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायत पहिचानवादी संस्थाहरुले काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेजी माग गर्दै प्रदर्शन गरेका छन् ।
विभिन्न संगठनका अगुवाहरूले माइतीघरदेखि नयाँ वानेश्वरको संसद् भवनसम्म मार्चपास गरेका हुन् । कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा नागरिक समाजका अगुवाहरूको पनि बाक्लो उपस्थिति छ । प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए ।
नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने उनले बताए । यस्तै प्रदेश नामकंन विरोधको प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर्न पनि प्रदर्शनकारीहरूले माग गरेका छन् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …