तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ । जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।

सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ स्थान रहेका छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।

एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताउनुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …