तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन ।

पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् ।

तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिवन्ध लगाएको छ ।

सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् । विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ ।

तालिवान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दावी गर्नुभएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउदै नयाँ व्यवस्थाहरु लागू गरेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …