तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। रिमोट सेन्सिङ्गका माध्यमको प्रयोग गरेर प्राकृतिक विपत्तिबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिने बिज्ञहरुले दावी गरेका छन् । स्याटलाइटको माध्यमबाट प्राप्त गर्न सकिने यस्ता सुचनाले दैवी प्रकोपबाट हुन सक्ने मानवीय क्षतिका ठुला प्रकृतिका घटनालाई समेत रोक्न सकिने उनीहरुको दावी छ ।

 

राजधानीमा सम्पन्न भौतिक शास्त्री र विभिन्न क्षेत्रका बिज्ञहरुको दुई दिने सम्मेलनले जलवायु परिवर्तनको असरबाट सिर्जित समस्याकै कारण हुन सक्ने जोखिमलाई रोक्न हाम्रो जस्तो विकाशिल मुलुकले रिमोट सेन्सिङ्गका माध्यमबाट फाइदा लिन सक्ने उनीहरुको भनाई रहेको थियो ।

त्रिभुवन बिश्वविद्यालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, नेपाल भौतिक विज्ञान समाज र सेन्ट जेभियर कलेजको संयुक्त सहयोगमा भएको उक्त सम्मेलनमा जलवायु परिवर्तनका सन्दर्भमा रिपोट सेन्सिङ्गको प्रयोगवारे डा. कृष्ण पहारी र डा. बिनोद अधिकारी लगायत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै इसिमोड संस्थामा कार्यरत वैज्ञानिक डा. राजेश थापा, डा. मन्दिरा श्रेष्ठ, त्रिविका डिन प्राध्यापक डा. बिनिल अर्याल, डा. सोमेश्वर दास, जल तथा मौषम विभागकी उपमहानिर्देशक अर्चाना श्रेष्ठ, सेन्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा. बवी जोसेफ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका वत्ताहरुले जलवायु परिवर्र्तनको असरले मानव जीवनमा पारिरहेका प्रभावलाई विश्वव्यापी रुपमा उजागर गरी बिकसित मुलुकलाई दवाब दिनुपर्नेमा समेत जोड दिएका थिए । बिकसित मुलुकहरुले प्रतिस्पर्धाका लागि गरिरहेका मानविय क्रियाकलापकै कारण जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पर्दा नेपालजस्तो बिकाशिल मुलुकहरुले समेत त्यसको मार खेप्नु परिरहेको छ ।

‘वर्कसप अन रिमोट सेन्सिङ्ग अन क्लाइमेट साइन्सेस’ (आरएस सिएस २०२३) नाम दिएको उक्त सम्मेलनमा सातै प्रदेशबाट ५० भन्दा बढी जिल्लाका बिज्ञ तथा प्रतिनिधीहरुको सहभागिता थियो ।

जलवायू परिवर्तनका कारण मानव अस्तित्वका साथै सम्पुर्ण जिवित प्राणी र प्राकृतिक स्रोत माथि संकट परिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको असर तथा जोखिमलाई न्युनिकरण गर्न सकिने उपायवारे साझा धारण बनाउन सम्मेलनको आयोजना गरिएको त्रिविका उपप्रध्यापक समेत रहेका कार्यक्रम संयोजक डा. मनोज कुमार ठाकुरले जानकारी दिए । स्रोत : पब्लिक पाना

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …