तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपालकी प्रकृति सिंह कुँवर मलेसियाको ‘आइ क्यान कलेज टपर’ भएकी छन्। काठमाडौंकी कुँवर ‘नर्सिङ एण्ड इन्टरनेसनल बिजनेस स्टडी’ विषयबाट कलेज टपर भएकि हुन् ।

उनी बुधबार साउथ सिटी कन्भेन्सन हलमा सम्पन्न ग्राजुएशन सेरेमोनीबाट दिक्षित भएकी छन्। ग्राजुएसन सेरेमिनीमा नेपाल दूतावासको तर्फबाट कार्यवाहक राजदुत मोती बहादुर श्रीस मगर तथा द्धितिय सचिव प्रेम बहादुर बढ थापा उपस्थित थिए ।

नेपालको काठमाडौ घर भएकी उनी पढाइको सिलसिलामा मलेसिया छिन्। काठमाडौंको ब्रेनल्यान्ड एकेडेमीबाट एसएलसी गरेकी उनी २०१८ देखि मलेसियामा अध्ययनरत छन् ।

मेरो सपना सिंगापुरको अस्पतालमा काम गर्नु थियो। मलेसियाबाट सजिलो हुने देखेपछि यहाँ आएर अध्ययन गर्ने योजना बनाएँ । आज त्यो सपना पूरा भएको छ। उनले गन्तव्यसँगको कुराकानीमा भनिन् ।

ग्राजुएट हुनेबित्तिकै सिंगापुरको अस्पतालबाट जागिरको अफर आइसकेको र जाने निश्चित भइसकेको उनले जानकारी दिइन् ।

कलेजका सिइओ दातो चे कोङ् वाइले विशेष गरी आइ क्यान कलेजको शिक्षा गुणस्तरीय र रोजगारको ग्यारेन्टी हुने बताए। त्यसैले यही कलेज रोज्न पनि उनले सुझाए। यस कलेजले एउटा देशबाट बढीमा ५ जना बिद्यार्थीलाई मात्रै लिने, त्यसमा पनि मेहिनेतीलाई मात्र भर्ण लिने बताए। ‘हामी उनीहरूलाई छात्रवृत्ति लगायतको विभिन्न सेवा सुविधा दिन्छौं, तर असल र मेहनती बिद्यार्थी मात्रै छनौट गर्छौं। उनले भने ।

नेपाली दुतावास संग समन्वय गरि नेपालको जेहेन्दार बिद्यार्थीहरुलाई विशेष सुविधा दिने लगायतको बिषयमा केही दिन मै निर्णय गर्ने प्रबन्ध निर्देशक गणेश कुमारले बताए ।

त्यसैगरी उक्त समारोहमा नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका कार्यवाहक राजदूत मोती बहादुर श्रीषले कलेज टपर कुवँरलाई समान तथा बधाई ज्ञापन दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …