• मङ्गलबार, साउन-३१,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ ।

सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद्यालयकै कमजोर नतिजा देखिएपछि एकाइले समेत यी विद्यालयमा सरकारी लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको विश्लेषण गरेको छ । 

सरकारले घोषणा गरेको नमुना विद्यालयमध्ये काठमाडौँमा मात्रै नौवटा छन् तर ती सबै विद्यालयका एसईईको औसत नतिजा जिल्लाभरको औसतभन्दा कमजोर छ । नमुना विद्यालयमध्ये कालीदेवी माध्यमिक विद्यालय काभ्रेस्थलीको औसत नतिजा सबैभन्दा उच्च अर्थात् २.९१ रहेको छ । 

त्यस्तै कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयको औसत नतिजा २.८१ जीपीए रहेको छ । नमुना विद्यालय नै घोषणा भएको विश्व निकेतन माध्यमिक विद्यालय र कङ्काली माध्यमिक विद्यालयको नतिजा २.७९ रहेको छ तर विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थी सङ्ख्या सबैभन्दा धेरै अर्थात् २.३२ रहेको छ । नमुनामध्येकै कीर्तिपुरको जनसेवा, भगवतीबारीको शान्ति निकुञ्ज, जोरपाटीको चामुण्डा र धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयको औसत नतिजा क्रमशः २.६१, २.४९, २.४१ र २.३० जीपीए रहेको छ । त्यस्तै भद्रबासको आदर्श माध्यमिक विद्यालयको औसत नतिजा पनि २.२३ जीपीए छ । 

शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले यी विद्यालयको औसत उपलब्धि जिल्लाकै औसत उपलब्धिको तुलनामा निकै कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नमुना प्रस्तावित विद्यालयको पूर्वाधारमा व्यापक सुधार भए पनि उपलब्धिमा त्यसको प्रभाव 

देखिएको छैन । आउने दिनमा पूर्वाधार विकासका साथै उपलब्धि सुधारमा पनि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।”

२०७८ को एसईई परीक्षामा काठमाडौँका एक हजार २१ विद्यालयबाट ३६ हजार ५७८ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये आठवटा विद्यालयका १० जना विद्यार्थीले चार जीपीए ल्याएका थिए । यी सबै संस्थागत विद्यालयका विद्यार्थी हुन् । 

परीक्षा नियन्त्रण कार्यालय आफैँले परीक्षा सञ्चालन गरेको २०७५ सालको नतिजामा भने काठमाडौँबाट ४० विद्यालयका ५२ जना विद्यार्थीले चार जीपीए ल्याएको एकाइले जनाएको छ । २०७५ को एसईईमा भने जिल्लाको औसत जीपीए ३.१२ थियो । २०७८ सालको एसईई परीक्षाको नतिजा गत बुधबार सार्वजनिक भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …