तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ। स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।     

चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कुल एक हजार २५९ छन् । वालिङ–१४ को दाङ्से आधारभूत विद्यालयका २९, हिमशिखर आधारभूत विद्यालयका ६३ र जनहित माध्यमिक विद्यालयका १३३, वालिङ–११ को टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयका १८० र मुटुभञ्ज्याङ आधारभूत विद्यालयका ३१, वडा नं १३ को चिसापानी आधारभूत विद्यालयका ३६, वालिङ–१० को कालिका आधारभूत विद्यालयका ५२, वालिङ–९ को भुम्रे माध्यमिक विद्यालयका २५३, वालिङ–८ को तेजप्रगति आधारभूत विद्यालयका ५७, वालिङ–६ को राष्ट्रिय माध्यमिक विद्यालयका २३८ र वालिङ–५ को महेन्द्र माध्यमिक विद्यालयका १८७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।     

शैक्षिक सामग्री प्राप्त भएसँगै ससाना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेत्री तिवारीको भनाइ छ । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकै रूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ”, उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्नेछ ।”

सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …