तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आज सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण ज्युको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो । त्यस्तै जनताको स्वास्थ सम्बन्धि स्वास्थ्य सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले बाडीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहत,उद्दार र नियतन्त्रण स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेली व्यवस्थापन गर्नेसमेत निर्णय गरेको हो । पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय छ । समितिले गरेको निर्णयमा ुसाइबर क्राइम बढेको र व्यवस्थापन एवं नियत्रण गर्नेु उल्लेख छ ।

उक्त बैठकमा गृह सचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश प्रसाद अधिकारी,रक्षा मन्त्रालयका (सह-सचिव तथा कामु सचिव) आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायत ७/८ जना उपस्थित रहेको रहेको खाँणको सचिवालयले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …