तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।

बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा –७ का २४ वर्षीय दिलीप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सहकारीको सेवा केन्द्रमा कार्यरत कर्मचारी खवासले रकम हिनामिना गरेको आन्तरिक छानबिनबाट खुलेपछि सञ्चालक समितिकै उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो । 

रकम हिनामिना गरेको छानबिनका लागि सञ्चालक समितिका सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल सम्मिलित छानबिन समिति गठन गरिएको थियो । 

समितिले छानबिनको दौरान खवाससँग गरेको सोधपुछमा ३१ लाख रुपिँया हिनामिना गरेको स्वीकार गरेको बताइएको छ । आन्तरिक छानबिनका क्रममा सहकारीको ४६ लाखभन्दा बढी रकम गायब भएको देखिएको सो सहकारीका कर्मचारीको भनाइ छ । 

खवासलाई सञ्चालक समितिको उजुरीका आधारमा गत शुक्रबार नै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । हाल इलाका प्रहरी कार्यालय बेलबारीले रकम हिनामिना बारे थप अनुसन्धान गरिरहेको छ । खवासलाई सहकारी कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

बचतकर्ताको हस्ताक्षर आफैं किर्ते गरी रकम झिक्नेगरेको खुलेको छ । नक्कली कागजात खडा गरेर कम्प्यूटर सफ्टवेयरमा इन्ट्रि नगरी रकम झिकेर हिनामिना गर्दैआएको खुलेको छ । सहकारीको ६ वटा सेवाकेन्द्र छन् । आठ हजार शेयर सदस्य रहेका सहकारीमा सुुन्दरहरैंचा कार्यक्षेत्र भएका ८ सहकारी २०७७ असार १९ गते मर्ज भएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …