तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल वालिङ, मिर्दी

काठमाडौं । प्रजातान्त्रिक विचार समाजको  १२ औ राष्ट्रिय अधिवेशन तथा २५ औ साधारण सभा उद्घाटन शत्र काठमान्डौको वसुन्धरा स्थित जेष्ठ ०३ मा दियालो क्याफेमा भव्यता पुर्वक सम्पन्न भएको छ  । समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिंह केसीको ध्यक्षतामा सम्पन्न सो  सभाको  प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम सम्माननीय राष्ट्रपति डा.रामवरण यादव हुनुहुन्थ्यो।

विभिन्न पेशा व्यवसायमा आवद्द प्रजातन्त्रमा आस्था राख्ने वुद्दजिवीहरूको राष्ट्रिय भेलामा देशकै लव्ध प्रतिष्ठित विद्वान वक्ताहरू र नेकाका प्रभावशाली केन्द्रिय नेताहरूको उपस्थितिले गर्दा सभा धेरै आकर्षक वनेको थियो ।  सहभागीहरूले विहान १०.३० वजे देखि ३ वजे सम्म टसमस नभैकन वक्ताहरूको भाषण सुनीरहेका थिए, लाग्दथ्यो लोकतन्त्रको मुल्यमान्यता, आदर्श, शिद्दान्त र भाविकार्य दिशावारे एउटा वृहत शिविर चलिरहेको छ ।

मानव अधिकारको रक्षा,लोकतन्त्रको संस्थागत विकास तथा वहुदलीय संसदीय प्रणालीको सुदृढीकरणको लागि वैचारिक पृष्ठपोषण गर्ने र पहरेदारको भूमिका निर्वाह गर्न २०५२ मा स्थापित यस प्रजातान्त्रिक विचार समाजले विभिन्न कार्यक्रम र गतिविधिहरू सम्पन्न गरेको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु गर्दै सभाध्यक्ष केदार नरसिंह केसीले पार्टीमा भैरहेको गुटवन्दी तथा भागवन्डाको राजनीतिको विकृति प्रति कटाक्ष गर्दै मुलुकमा व्यप्त भ्रष्टाचारका वारे प्रखर भएर प्रतिकार गरि पार्टीको शाख जोगाउन उपस्थित नेताहरूलाइ आग्रह गर्नु भयो ।

यसैगरि समाजका पूर्व अध्यक्ष हरिहर दाहालले एउटै पेषाका वुद्दिजिवीले मात्र होइन फरक विधाबाट नेतृत्व गर्दै विचार समाजको नेतृत्वलाइ वहुआयामिक वनाउन सुझाव दिनुहुदै, जन युद्द दिवस तथा  पुर्व लडाकुलाइ राहत रकम दिने जस्ता मिच्दै जाने कृयाकलाप सरकारले गरि राख्दा तपाइहरूले किन  विरोध नगरिएको भनि गगन र शेखरजी लाइ प्रतिप्रश्न गर्नु भएको थियो। 

त्यसपछि  वरिष्ठ पत्रकार तथा राजनितिक विष्लेषक पुरुषोत्तम दाहालले, गर्व गर्ने ऐतिहासिक घटना इंगितहुने पद तथा वाक्यहरूको शव्द चयनमा ध्यान दिन पर्ने भन्दै सम्माननीय राष्ट्रपति  डा रामवरण यादवलाइ पुर्व होइन गणतन्त्र नेपालको प्रथम राष्ट पति भनिनु पर्ने, ६२।६३ को जन आन्दोलन लाइ भाग २ भन्दा २००७ को  ऐतिहासिक राजनैतिक फड्कोको महत्व र योद्दाहरूको सम्मान र भूमिका विर्सने काम हुन जान्छ । हामीमा लोकतान्त्रिक संस्कार कायम हुनु पर्ने र राजनीतिमा शक्ति भर्सेज शक्ति होइन, शक्ति भर्सेज विचार हुनु पर्ने वताउनु भयो।

सभाका विशेषवक्ता त्रिविविका पुर्व उपकुलपति तथा पुर्व राजदुत प्रेफेसर केदार भक्त माथेमाले सन २०१६ देखि २०२२ को वीचको एक अन्तर्रष्ट्रिय अध्ययन प्रतिवेदन अनुसार हाल ५२ देशमा प्रजातन्त्रलाइ खतरामा पारिएको छ । प्रजातान्त्रिक मुलुकहरूलाइ भ्रष्टाचारको निहुँमा अधिनायकता तर्फ मोड्न थालिएकोले प्रजातन्त्र खतरामा रहेको संकेत गर्नु भयो, म्यानमार तथा अफगानिस्तानको यसको उदाहरण हुन् । 

नेपालमा अहिले सम्म प्रेश स्वतन्त्रता, सत्ता हस्तान्तरण तथा स्वतन्त्र न्यायपालिकाको अवस्था राम्रो भएको तर राज्य र संस्थाहरूले सेवा राम्रो प्रदान गर्न नसक्दा लोकतन्त्र र नेतृत्वमा   विश्वास गुमेको छ । शिक्षा र स्वास्थ्यमा राज्यले राम्रो लगानी गरि नागरिकलाइ स्तरीय  सेवा  दिनु पर्नेमा नागरिक आफैले खर्च गर्नु परेको, संस्थानहरूले कामको डेलिभरी गर्न नसकी विश्वास गुम्दै गएको वताउँदै त्रिविवि जस्ता शैक्षिक संस्थानमा ३ वर्ष सम्म पनि उपकुलपति चयन गर्न नसकि रमिता देख्नु परेको वताउनु भयो । भ्रष्टाचार र कमिशन खोरीको विगविगी प्रमुख समस्या वनेको छ । भाषण गर्ने काम पुरा नगर्ने, महंगो

निर्वाचन जस्ता कुराहरूमा सुधार गर्न आवस्यक भएको वताउँदै नेता पपुलर होइन डेमोक्रेटिक हुन पर्दछ भन्ने स्रुझाव दिनुभयो ।

यसैगरि नेपाली काङ्ग्रेशका केन्द्रिय नेता अर्जुन नरसिं केसीले देशमा नितिगत भ्रष्टाचार र अनियमितता रहेको,अर्थतन्त्र तथा कार्यक्रमहरू लोकपृय वनाउन वितरणमुखी हुदै गएकोले  सुधार आवस्यक रहेको विचार व्यक्त गर्दै नागरिक समाजलाइ देखेको वोल्न र विवेक प्रयोग गर्न, निर्भिक भएर समीक्षा गर्न आग्रह गर्नुभयो र सुध्रन तैयार नभए सिध्दिने संकेत गर्नु भयो। त्यसैगरि हाल नक्कली भुटानी शरणार्थी कान्डमा आरापितहरूलाइ नफसाउने सहमति त हुदैछैन भनि आशंका व्यक्त गर्दै, देाषीलाइ कार्वाही गर्न पर्ने, संसंदको संख्या र समानुपातिक निर्वाचनमा सुधार हुन जरूरी भएको कुरा वताउनु भयो।

त्यसपछि सभाका अर्का विशेष वक्ता नेकाका महामन्त्री तथा सांसद गगन थापाले हिजो पार्टीको कार्यालय, कोष रकम नहुदा पनि नेताहरूको विश्वासको भरमा ०१५ मा ०४६ मा पार्टीले भारी वहुमतले विजय हासील गरेको थियो तर  आज कार्यालय छ, पैसा पनि हुन्छ तर नेताहरूको विश्वास नहुदा चुनाव जित्न मुस्किल भैरहेको छ । पार्टीमा टिकट नपाउने डरले देखेको वोल्न छाडिएको छ । पार्टी भित्रको सुद्दिकरण र सुधारको लागि आफुहरू लागिरहेको र नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूलार्इ अनुसन्धान गरि कार्वाही गर्न दवाव दिइरहेको वताउनु भयो । आजकल  नागरिक समाज र वुद्दिजीवीहरूले दवाव दिन वोल्न छोडिदिएको हुदा अव आइन्दा  मुखर भएर सहयोग गर्न  आग्रह गर्नु भयो ।

निर्वाचन अगाडि  गठवन्धन गर्नु गल्ति भएको स्वीकार गर्दै काङ्ग्रेश हाल पपुलिज्म र अतिवामपन्थीको बीचबाट गुज्रन परेको वताउनु भयो। नेता शेखर कोइरालाले वहुमत नआउने व्रतमान निर्वाचन प्रणालीमा सुधार गरि सीमान्तिकृत समुदायको निर्वचनको कोटा प्रतक्ष तर्फनै छुट्याउनु पर्ने, चुनाव महंगो हुदै गरेकोले सुधार हुनु पर्ने र पुनः राजनीति प्रति जनताको विश्वास फिर्ता गर्न लाग्नु पर्नेमा जोडदिनु भयो । चुनावमा गठवन्धन होइन एक्लै लड्ने हिम्मत गर्नु पर्ने सुझाव दिदै व्रतमान शरणार्थी प्रकरणमा कुनै वहानामा मुद्दा कमजोर नगरियोस र अनुसन्धान गरि दोषी माथी कर्वाही हुनु पर्ने र आफुहरूले यसमा सहयोग गर्ने विश्वास दिलाउनु भयो । 

यसै गरि प्राध्यापक सुरेश मल्लले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्ना पिता स्व प्रेफेसर विसी मल्लले पुर्याउनु भएको योगदान र यो विचार समाज स्थापना गर्दाको  वामपन्थी सरकारको रवैया तथा राजनैतिक अवस्थाको  चर्चा गर्दै हाल केही व्यक्तिले देशलाइ घुमाएर हावी भैरहेको छन र नेपालको  प्रजातन्त्र टार्गेटमा रहेको छ । सामाजीक तथा राजनैतिक क्राइशिसमा छ ।  यो विचार समाज नेकाको थिकट्याँक भएकोले  विचार र शिद्दान्त वारे  सुझाव परामर्श दिइरहोस, समाजीक सद्भाव राख्न र  समय समयमा खवरदारी गर्न पनि आग्रह गर्नु भयो   

सभाका अन्तिम वक्ता  प्रमुख अतथि सम्माननीय प्रथम राष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाको आदर्शबाट आफु प्रभावित भएको र नेताहरूको विश्वासको आकर्षणको चर्चा गर्नु भयो । विपि गणेशमान र किसुन जी समेतका धेरै नेताहरू विश्वासिला भएकैले २०१७ पछि प्रतिवन्धीत हुदा पनि राजनीति काङ्ग्रेशको वरिपरि घुमेको स्मरण गराउनु भयो। नेताहरूलाइ गाउँमुखी हुन र युवाहरूलाइ केन्द्रमा राख्ने सल्लाह दिनुहुदै निराश नहुन अनुरोध गर्नु भयो । 

पार्टीको जग, विचार र शिद्दान्त वलियो भएको तर मेल मिलाप नभएकोले शिद्दान्तलाइ केन्द्रमा राखेर अगाडि वढ्न अनुरोध गर्दै कसरी अगाडि जाने भन्ने वारेमा  सल्लाह दिने विद्वानहरूको कर्तव्य भएकोले त्यसो गर्न  अनुरोध गर्नु भयो । समाजमा सहयोग पुर्याउने विशेष व्यक्तित्वहरूलाइ सम्मान पनि गरिएको थियो ।

४ गतेको वन्द शत्रले वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेको नेतृत्वमा ३६ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ, नयाँ नेतृत्व आगामी दिनहरूमा प्रजातन्त्रको सुदिढीकरण र देशमा देखिएका समस्याहरूको अन्त्यका लागि अझ मुक्खर भएर आफ्नो भूमिक परा गर्न सफल होस, सफल कार्यकालको शुभकामना ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …