तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्गो लगाएको छ ।

शनिबार विपि स्मृति भवन दिक्तेलमा बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा १० जनाको नाम सिफारिस गेरको छ भने प्रदेश ख सदस्यमा प्रत्येक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा प्रत्येक्षतर्फको उम्मेदवारमा सर्वधन राई, सुवासकुमार पोखरेल, भुपेन्द्र राई, हिरा गुरुङ, डा.राजकुमार राई, रोजन राई, रामप्रसाद आचार्य (आरपी) विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईलाई सिफारिस गरेको छ ।

यस्तै, प्रतिनिधिसभाको समानुपातिकमा महिलातर्फ सरस्वती वजिमय र शान्तीदेवी राई तथा पुरुषतर्फ दिनेशकुमार राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मी रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस प्रदेश ‘ख’ प्रदेससभा सदस्यको लागि प्रत्यक्षतर्फ पार्टी सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको सहित ६ जनाको उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै समानुपातिकमा खुल्ला पुरुष तर्फ शहरमान राई र महिलातर्फ कमला राईलाई सिफारिस गरेको छ। भने इच्छुराम राणा, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकाललाई समेत समावेश गरी जिल्ला कार्य समितिलाई पठाईएको प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति सभापति दिनेशकुमार घिमिरेले बताए ।

यस्तै प्रदेश ‘क’ प्रदेससभा सदस्यको लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैजु सिफारिस भएका छन ।

समानुपातिकमा रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई हिरा निरौला, र महिलातर्फ डिल्लीकुमारी आचार्य, देबी राईलाई सिफारिस गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …