तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ ।

पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहनु भएका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गर्नु भएको हो ।

पार्टीको अति महत्वपूर्ण जिम्मेबारी अमारीलाई सुम्पिने निर्णय उहाँले बिहीबार गर्नु भएको पार्टी श्रोतले जनाएको छ ।

अहिले पार्टीको कर प्रणालीसम्वन्धी अनुसन्धान आयोगको प्रमुख रहनुभएका ७२ बर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ ।

पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ ।

जापानका पूर्व विदेशमन्त्रीसमेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको हो । उहाँका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याउनुभएको थियो ।

नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाउनुभएको हो ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने घोषणा गर्नु भएको थियो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लाग्नु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …