तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीका आकांक्षी धेरै भएर हैरान भएकाे बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने काम हुन् सकिरहेको छैन। गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् ।

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा दाहालले भने, ‘मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु। आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ पार्टीका सबै सांसदलाई मन्त्री चाहियो उनले बताए । ‘हाम्रा सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने बढीमा ७ जना हो,’ उनले भने, ‘यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ ।’

दुईजना मन्त्री बनाइसकेको माओवादीसँग प्रतिनिधिसभामा सभामुखसहित ४९ सांसद छन् । त्यस्तै, राष्ट्रिय सभामा रहेका सांसद पनि मन्त्री बन्ने दौडमा रहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …