तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले विगतको सरकारले विधि र कानून मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताएका छन् ।

बैठकमा नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको घटना स्मरण गराए । उनले पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नपअनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको पनि बताए । उनले सत्तामा हुँदा एउटा कुुरा गर्ने र विपक्षमा बस्दा अर्काे कुरा गर्दा त्यसलाई कसैले पनि महत्व नदिने जिकिर गरे ।

कानूनअनुसार नचल्दा के हुन्छ भन्ने उदाहरणस्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको उनको भनाइ थियो । विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्याङ्ग्य गर्दै नेता सिंहले बर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता जाहेर गर्दै खोप, खोप र खोप भनेर तेहे¥याउनुभएको सन्दर्भ जोड्दै नेता सिंहले प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराए । उनले वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई पनि सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन् ।

संविधानको भावना र मर्मअनुरुप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकराले ध्यान नदिँदा थाति रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजरुपमा अघि बढाउन पनि अनुरोध गर्नुभयो । कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र अग्रपङ्क्तिमा खटिनेको मनोबल बढाउने काममा लाग्न सररकालाई सुझाव दिए । आर्थिक क्षेत्र चलायमान गराउने सन्दर्भमा नागरिक र दल सबैको विश्वास आर्जन गर्दै नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित गर्न पनि अनुरोध गरे ।

नागरिकले चाहेअनुसारको गतिविधिलाई व्यवस्थापन गर्दै सरकार राष्ट्रिय हितलाई ध्यान राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले सन्तुलितरुपमा परराष्ट्र नीति अघि बढाउन पनि अनुरोध गरेका छन् । अर्काे सत्तसाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले विसं २०४७ को संविधानमा टेकेर दुई÷दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको बताए ।

संविधानको भावनाविपरीत कोही पनि जान नपाओस् भनेर संविधानमा नै स्पष्टरुपले दलले सरकार बनाउन नसक्दा बहुमत सदस्य भएपछि प्रधानमन्त्री हुन पाउने व्यवस्था राखिएको कुरालाई जोड दिँदै उनले अघिल्लो सरकारले पटकपटक कानून मिचेको आरोप लगाउनुभयो पहिलो संसद् विघटन हुँदा तत्कालीन पार्टी नेकपामा र संसदीय दलमासमेत छलफल नभएका सन्दर्भ जोड्दै उहाँले प्रतिप्रश्न गरे, “संसद् विघटन दलीय प्रणालीको विशेषता हो ? अनुशासन त्यही हो ? अनुशासन कसले मान्ने ? सबैभन्दा माथिकाले मान्ने हो नी ।”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …