तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताउनुभएको छ । नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको छ भन्नुभयो ।

नेता नेपालले भन्नुभयो, “अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।” असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताउनुभयो । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पु¥याउने दाबी गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …