तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै गठबन्धन भत्काउने खेल सुरु भएको दाहालले दाबी गरेका छन्। ओली प्रवृति पूरै पराजित भइनसकेको र गठबन्धन भत्काउनका लागि धेरै कसरत भएको दाहालको दाबी छ ।

पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा दाहालले यसो भनेका हुन् ।

‘यो गठबन्धन हुँदा टुटाउन धेरै बल भयो । सरकार गठन भन्दा पहिल्यै निकै धेरै कसरत भयो । त्यो कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनुभयो,’ दाहालले एमाले उपाध्यक्ष भीम रावलले साउन ३ गते सांसद पदबाट राजीनामा घोषणा गरेको प्रसंगतर्फ संकेत गर्दै भने । रावलले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन राजीनामा घोषणा गरेका थिए भने शुक्रबार फिर्ता लिएका छन् ।

गठबन्धन भत्काउन नसकेपछि देउवालाई बहुमत प्राप्त नहोस् भनेर चालिएको कदमस्वरुप राजीनामा आएको दाहालको दाबी थियो । ‘गठबन्धन टुटाउन नसकेपछि बहुमत प्राप्त नहोस् भन्नका निम्ति झन् ठूलो कसरत सुरु भयो । हामीले जसरी पनि बहुमत जुटाउनुपर्छ भनेर सकेको जति लाग्यौं,’ उनले भने ।

गठबन्धन भत्काउनका निम्ति कांग्रेस र कम्युनिस्टबीच झगडा गराउने, एमालेका माधव नेपाललाई पार्टीमा विभिन्न प्रलोभन दिने, एमसीसीलगायतका मुद्दा अगाडि सार्ने काम भइरहेको दाहालको भनाइ थियो । गठबन्धन भत्काउन नसकेपछि देउवालाई बहुमत प्राप्त नहोस् भनेर चालिएको कदमस्वरुप राजीनामा आएको दाहालको दाबी थियो । ‘गठबन्धन टुटाउन नसकेपछि बहुमत प्राप्त नहोस् भन्नका निम्ति झन् ठूलो कसरत सुरु भयो । हामीले जसरी पनि बहुमत जुटाउनुपर्छ भनेर सकेको जति लाग्यौं,’ उनले भने । त्यस्तै, शान्ति प्रक्रियाका काम, बेपत्ता र सत्यनिरुपण आयोग एवं माओवादी सशस्त्र संघर्षका क्रममा घाइते भएकाहरूका कुरा झिकेर गठबन्धनमा दरार ल्याउने प्रयास भइरहेको दाहालको दाबी थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …