तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ ।

गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।

“गाउँमा बर्थिङ सेन्टर नहुँदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल र मोटरसाइकलमा बोकेर भारतीय निकटवर्ती टनकपुरस्थित अस्पतालमा पु¥याउँदै आएका थिए”, स्थानीयवासी अनिता बुढाले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीको खप्की खानुपर्ने अर्को बाध्यता थियो । अस्पतालमा चर्को शुल्कसमेत लिइने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल पु¥याउन ढिला हुँदा ज्यान जाने जोखिमसमेत थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै ती सबै समस्या हटेर गएको उहाँले बताउनुभयो ।

नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरबाट खल्लामछेट्टी, टुँडिखेल, सन्तनगर, ब्रम्हदेव, तिलकेनीका बासिन्दाले सहज रुपमा सेवा पाउने जानकारी दिनुभयो । “सीमावर्ती क्षेत्रका बासिन्दाले विगतमा भारतका अस्पतालमा सेवा लिनका लागि जानुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अब भारतीय छिमेकी शहर टनकपुरका बासिन्दाले समेत बर्थिङ सेन्टरबाट लाभ लिन सक्छन् ।” बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको छ । शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन गरी नगरपालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …