तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्  युवा नेता धनराज गुरुङले छिमेकी मुलुक भारतको एसएसबीहरु हात–हतियारसहित नेपाल प्रवेश गरेको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

पटक पटक भारतीय एसएसबीहरु खुल्लम–खुल्ला हात–हतियारसहित नेपाल भुमीमा प्रवेश गरि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जमिन नापजाँच नै गरेपछि नेता गुरुङले तत्काल कुटनैतिक पहल गरि सो कार्य रोक्न सरकारको ध्यानाकर्षण गराएका छन । 

बुधवार सामाजिक सञ्जाल मार्फत नेता गुरुङले भारतीय दादागीरी कहिलेसम्म सहने हो ? भन्दै नेपाल सरकारलाई प्रश्न गरेका छन । नेपालीको लालपुर्जा भएको जग्गामा नेपालीलाई खेती गर्न नदिने भारतीय मिचाहा प्रबृत्ति बिरुद्ध सरकार चुप लागेर बस्नु हुँदैन  कुटनैतिक पहल मार्फत समस्या सुल्झाउन सरकारलाई आग्रह  समेत  गरेक छन । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्तामा पटकपटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो भने पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिनसमेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासी चिन्तीत रहेका बेला नेता गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …