तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले रु सात अर्ब लगानी गर्ने भएका छन् ।

युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् । कूल रु सात अर्बमध्ये रु छ अर्ब ७५ करोड आवधिक कर्जा र रु २५ करोड चालुपूँजी कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।

सम्झौतानुसार सिटिजन्स बैंकले रु एक अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा रु एक/एक अर्ब, एसबीआई बैंकले रु ८० करोड र सिभिल बैंकले रु ५० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुमा सबस्टेशनमा जोडिने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …