तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

फुङ्लिङ। ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताउनुभयो । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

फक्ताङलुङ गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन कुनै पुगेको छैन । चालु आवमा फक्ताङलुङ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा आठ विद्युत् सहकारी दर्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा दुई सहरकारीमार्फत गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम भइरहेको प्राधिकरणका सूचना अधिकारी देवनाध मण्डलले बताउनुभयोे ।

मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङवा गाउँपालिकामा एक–एक र पाथीभरा याङवरक गाउँपालिकामा दुई गरी आठ विद्युत् सहकारीमार्फत राष्ट्रिय प्रसारण लाइन दुर्गम बस्तीसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …