तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन। भरतपुर महानगरपालिकाले भवन निर्माणका लागि घरनक्सा सफ्टवेयरमार्फत काम सुरु गरेको छ । सफ्टवेयरको आज एक समारोहका बीच उद्घाटन गरिएको हो । अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल सुभारम्भ कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका–९ की सुस्मा केसीलाई १५ दिने सूचना हस्तानतरण गर्दै यसको सुभारम्भ गर्नुभएको हो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा बनेको सफ्टवेयरबाट सेवा सुरु गरिएको हो । सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनीयरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्ने छन् । यसरी आएका निवेदन अनलाइन मार्फतनै स्वीकृत गरिने छ । आवश्यक कागजपत्र अपुग भएमा पुनः अनलाइन मार्फतनै ती कागजपत्र माग गरिने छ । आवश्यक कागजपत्र पुगिसकेपछि घर धनीलाई सूचनासमेत अनलाइन मार्फतनै दिइने छ ।

सफ्टवेयरबाट ललितपुर र काठमाडौँ महानगरपालिकासँगै बुटवल उपमहानगरपालिकामा यो काम सुरु भइसकेको छ । परामर्श दाताले पठाएका आवश्यक सामग्रीहरूलाई अनलाइनबाटै हेरेर प्रमाणित गर्ने काम हुने छ । महानगरका सहरी तथा पूर्वाधार महाशाखाका प्रमुख रत्नप्रसाद लामिछानेका अनुसार घर निर्माणका लागि आवश्यक अनुमति दिने कामसम्म यहाँबाट गर्न सकिने छ । अनलाइनमार्फत काम हुने भएकाले घरमानै बसेर आएका कागजपत्रहरू हेर्न सकिने भएकाले सेवाग्राहीले छिटो सुविधा लिनसक्ने उहाँले जानकारी दिनुभयो ।

समाजका सुमन प्रधानले प्रविधिको प्रयोगले कर्मचारीलाई जिम्मेवार बनाउने बताउनुभयो । निर्माणाधीन घरहरूको अनुगमन, प्रविधिको प्रयोगले सेवाग्राही कार्यालयमा आइराख्नु पर्ने झन्झट हट्ने उहाँको भनाइ छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण र अनुगमनका लागि यो प्रविधि महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो । डिजिटल हस्ताक्षरलाई सरकारले मान्यता नदिएका कारण अन्तिम चरणमा भने सक्कल कागजातनै प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । यस पोर्टलमा आवश्यक सम्पूर्ण विवरण सुरक्षित रहने गरी काम गरिएको छ । महानगरपालिकाले गत माघ महिनामा गरेको सहमतिअनुसार अहिले काम भएको हो ।

भरतपुर महानगरपालिकामा हालसम्म ६० प्रतिशत घरहरू मापदण्डअनुसार बनेको कार्यालयले जनाएको छ । अहिले ७० हजार घरधुरी मापदण्डमा रहेको र अन्यलाई मापदण्डमा ल्याउन सहज हुने विश्वास व्यक्त गरिएको छ । अभिलेखीकरण र नियमन गर्नका लागि सहज बन्ने गरी प्रविधिको प्रयोग गरिएको हो ।

महानगर प्रमुख दाहालले दुई वर्षदेखिको योजना सफल भएको बताउनुभयो । अहिले अनलाइनबाट सेवा सञ्चालन गरेर कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । अनलाइनमार्फत सेवा सुरु गर्दा महानगरको स्मार्ट सिटीको अवधारणालाई सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठलगायतले घर नक्सा सफ्टवेयरको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …