तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ ।

भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ ।

आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताउनुभयो । नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर्धी नभई पूरक प्रविधि भएकाले ठाउँ र अवस्थाअनुसार उपयोग गर्नेतर्फ सरकार, निजी लगानीकर्ताले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

सो अवसरमा स्वतन्त्र विद्युत् उत्पादक सङ्घ (इपान) नेपालका कार्यकारी सदस्य कुवेरमणि नेपालले नेपालमा ऊर्जा क्षेत्रमा नीतिगत अस्पष्टता रहेको र सौर्य ऊर्जाका उपकरणको परीक्षण गर्ने पूर्वाधार नभएको बताउनुभयो । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सम्बन्धित एजेन्सीले प्रविधि विकासमा जोड दिएमा ऊर्जा मिश्रणमा कम्तीमा २० प्रतिशत सौर्य ऊर्जाको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै सोलार नेपालमा आबद्ध हुने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले आपत्कालीन अवस्थामा ऊर्जा उत्पादनका लागि सौर्य ऊर्जा एक मात्र भरपर्दो विकल्पसमेत रहेकाले यसलाई मुख्य ऊर्जा स्रोतको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङका डिन प्रा डा मनिष पोखरेल, नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नाष्ट) का वरिष्ठ वैज्ञानिक डा सुरेशकुमार ढुङ्गेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, प्राडा रमेशकुमार मास्के र प्रा डा अमृतमान नकर्मीले पनि सोलार नेपाल पहलको आवश्यकता र यसले सम्पादन गर्ने कार्यका बारेमा विभिन्न सुझाव दिनुभएको थियो ।

सोलार नेपाल पहलमार्फत नेपालको वर्तमान ऊर्जा र आर्थिक मिश्रणमा सौर्य ऊर्जा र यसको प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखिएको सो अवसरमा जानकारी दिइयो । वेबिनारमा विभिन्न क्षेत्रका १३० भन्दा धेरै सहभागिता रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …