तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

किमाथाङ्का। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले टेलिफोन टावरका निर्माणका लागि रु ५५ लाख विनियोजन गरेको छ । भोटखोलाले टेलिफोन टावरसम्म विद्युत् विस्तार गर्ने रु ५५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटे जानकारी दिनुभयो ।

विद्युत् सेवा नपुगेका दुर्गम भोटखोलामा राखिएका बिटिएस टावरमा सोलारपावर जडान गरिएको छ । बिटिएस टावर सोलर पावरको भरमा मात्रै चल्ने गरेका छन् । सोलारपावर जडान गरिएको भोटखोलाको टावर घाम नलाग्दा बेला बेला टेलिफोन सेवाअवरुद्ध हुने गरेको छ । बिटिएस टावरसम्म विद्युत् विस्तार गर्ने चालु आर्थिक वर्षमा रु ५५ लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो ।

विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । भोटखोला–२ मा रहेको माक्पालुङमा जडान टावरमा सोलारले काम नगरेपछि दुर्गम भोटखोलामा मोबाइलमा सम्पर्क बिच्छेद भइरहने मुख्य समस्या छ । भोटखोलामा सिडिएमए स्काइको रिममार्फत मोबाइल फोन सञ्चालनमा छ ।

उक्त विनियोजित बजेटमा गाउँपालिकाबाट रु २५ लाख वडा नम्बर २ बाट रु २५ लाख र वडा नम्बर ४ बाट रु पाँच लाख गरी ५५ लाख बजेट विनियोजन भएको अध्यक्ष भोटेले बताउनुभयो । गाउँपालिकाले विनियोजन गरिएको सो बजेटले चेपुवामा रहेको विद्युत्लाई माक्पालुङ डाँडाको टावरसम्म लगिने पोल तारलगायतमा खर्च गरिने उहाँको भनाइ छ । सोलारपावरले काम नगरेपछि चेपुवाको विद्युत् टावर लग्ने तयारी भएको बताउनुभयो । माक्पालुङमा विद्युत् पुगेपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट लाभान्वित हुने छन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …