तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गत वर्ष असोजमा महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भन्दै बेचेको आरोपमा ३ महिलासहित एक पुरुषलाई पक्राउ गर्‍यो । ३६ सय ५० वटा चल्ला बरामद गरिए पनि ती सबै चल्ला ब्रोइलर वा लोकल कुखुरा के थिए भन्‍ने पुष्टि गर्न प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा परीक्षण गरायो ।

-प्रहरीले त्यसबेला नाष्टलाई ६ वटा प्वाँख उपलब्ध गराएको थियो । त्यसको परीक्षण गरेर नाष्टले प्रहरीले प्रतिवेदन दियो ।

गत फागुनमा प्रहरीले बौद्धबाट रेडियोधर्मी पदार्थ युरेनियमसहित ४ जना पक्राउ गर्‍यो । उक्त वस्तु युरेनियम हो कि हैन भनेर परीक्षण गराउन नास्टको सहयोग लियो । नाष्टमा उक्त वस्तुको परीक्षण गर्दा अप्रशोधित युरेनियम-२३८का कण भएको पुष्टि भयो ।

यी मात्रै होइनन् नाष्टमा हरेक वस्तु र उत्पादनको ‘सक्कली र नक्कली’ छुट्याउन एनालेटिकल सर्भिस सेन्टर स्थापना गरिएको छ । आफूलाई शंका लागेका हरेक वस्तुको गुणस्तरबारे जोसुकैले पनि परीक्षण गराउन सक्छन् । नाष्टका प्रवक्ता सुरेश ढुंगेल भन्छन्, ‘वस्तुको गुणस्तर परीक्षणमात्रै होइन, मानिसले हरेक दिन चाहेको वस्तु तथा उत्पादनको परीक्षण यहाँ गराउन सक्छन् ।’

कुखुराको प्वाँखदेखि रेडियोधर्मीसम्म, तेलदेखि पानीसम्म, चिनीदेखि स्यानिटाइजरलगायत उपभोक्तालाई शंका लागेका हरेक वस्तुको परीक्षणको सुविधा सर्भिस सेन्टरले दिइरहेको छ । वस्तुको गुणस्तर परीक्षण र वैज्ञानिक अनुसन्धान सरल र सहज बनाउन एकीकृत रुपमा सेवा दिने उद्देश्यले नाष्टले एनालेटिकल सर्भिस सेन्टरको स्थापना गरेको जनाएको छ । धेरै उपकरण र प्रयोगशालामा भएपछि सबै प्रकारलाई सेवालाई एकीकृत रुपमा सञ्चालन गर्दा सहज हुने भएकाले सर्भिस सेन्टरको स्थापना गरिएको ढुंगेलले बताए ।

‘नाष्टमा धेरै उपकरण तथा प्रयोगशालाहरु छन् । कुनै वस्तुको परीक्षण गराउँदा कुन प्रयोगशालामा जाने, कसलाई भेट्ने भन्ने द्वविधा थियो, ‘ प्रवक्ता डुंगेलले भने, ‘यसको फाइदा भनेको एउटै ढोकाबाट सबै खालको परीक्षण हुनु हो । एकीकृत सेवा नहुँदा कसले के परीक्षण गर्ने भन्ने अन्योल थियो । विभिन्न प्रयोगशाला धाउनुपर्ने अवस्था थियो, अब त्यो हट्यो ।’ विवादमा परेका सरकारी तथा गैरसरकारी निकायमा परीक्षण गराउँदा कहाँ जाने भन्ने अन्योल पनि सेन्टर स्थापना भएसँगै हटेको उनको भनाइ छ ।

यो सेन्टरमार्फत नास्टका सबै प्रयोगशाला छरिएर रहेका महत्वपूर्ण उपकरणहरुको व्यवस्थापन हुने उनले बताए । यो सेन्टरमार्फत विश्लेषणात्मक तथा विज्ञ सेवा उपलब्ध हुने उनले जानकारी दिए । ‘अब कसैलाई केही परीक्षण गराउनु परे नाष्टको एनालेटिकल सर्भिस सेन्टरमा तोकिएको शुल्क तिरी फाराम भरेर दिए पुग्छ,’ उनले भने । न्यूनतम १५० रुपैयाँदेखि परीक्षण गर्न प्रयोग हुने उपकरणमा लाग्ने खर्चसम्मको शुल्क जोडेर परीक्षण भइरहेको उनले जानकारी दिए ।

विशेष गरेर पानीको गुणस्तर, रेडियोधर्मी पदार्थको परीक्षण, फलफूलमा लाग्ने रोगलगायतका वस्तुहरुको परीक्षण हुँदै आएको सेन्टरका प्रमुख एवं नाष्टका वरिष्ठ वैज्ञानिक गणबहादुर बज्राचार्यले बताए । पानी परीक्षणमा कोलीफर्म, इकोली, पीएच, टर्बिडिटी, कन्डक्टिभिटी, हेभी मेटललगायत अन्य सूचकको परीक्षण हुँदै आएको छ । ‘मुद्दा मामिलामा गएका विषयहरुको छानबिनमात्रै हैन, वैज्ञानिक अनुसन्धानका लागि चाहिने परीक्षण पनि हामी उपलब्ध गराउँछौं,’ वरिष्ठ वैज्ञानिक बज्राचार्यले कान्तिपुरलाई भने ।

पानीको परीक्षणका अलावा सुन्तोला प्रजातिमा लाग्ने एचएलबी रोग सम्बन्धीको परीक्षण र पहिचान, वायुमण्डलमा विकरणको मापन पनि गरिरहेको उनले बताए । सेन्टरमा १० लाखभन्दा बढी पर्ने करिब दुई दर्जनभन्दा बढी उपकरणहरु छन् । सेन्टरमा जैविक, अजैविक, औषधिजन्य, जडिबुटी, विषादी खाद्य पदार्थहरुलगायत माटोको पनि परीक्षण भइरहेको उनले जानकारी दिए ।

सेन्टरमा अघिल्लो आर्थिक वर्षमा पानीको ३५० वटा नमुना परीक्षण भएको थियो । एचएलबी रोगसम्बन्धी ४२५ वटा र विभिन्न संघसंस्था, सेना, राजस्व कार्यालय, प्रहरीबाट आएका ४५० वटा नमुना परीक्षण गरेर नतिजा दिइएको प्रमुख बज्राचार्यले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …