तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।  नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय अनुसन्धान केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो ।

विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो । बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा न्यानो नानी परियोजनाको पहिलो चरण सम्पन्न भएको थियो ।

पहिलो चरणमा मध्यबिन्दु जिल्ला अस्पताल, कपिलवस्तु सामुदायिक अस्पताल, प्युठान अस्पताल, महाकाली अस्पताल, रामगोपालपुर स्वास्थ्य केन्द्र, आम्दा अस्पताल, खोटाङ जिल्ला अस्पताल, सामरी स्वास्थ्य केन्द्र, बेनी अस्पताल तथा बुर्तिबाङ अस्पताल गरी १० वटा अस्पतालमा न्यानो नानी उपकरण जडान भइसकेको छ भने त्यसबाट ३०० बढी नवजात शिशुले सुविधा प्राप्त गरेको जानकारी बैंकले दिएको छ ।

पहिलो चरणमा भन्दा नयाँ उपकरण अझै थप सुविधायुक्त हुने र थप अस्पतालमा समेत जडान गरिने जानकारी डा पुनले दिनुभयो । बैंकले सन् २०२३ सम्म नेपालका आधाभन्दा बढी अर्थात् ८०० जन्म केन्द्रमा यस्तो उपकरण स्थापना गर्ने योजना बनाएको छ । डा पुनले केन्द्रलाई नेपालमा अनुसन्धानमार्फत उद्यमी सिर्जना गर्ने र त्यसैमार्फत देशको उत्पादनशील समृद्धि र विकास प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउन क्रियाशील बनाइएको बताउँदै यस्तो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

बैंकका अध्यक्ष हरिप्रसादले बैंकका नयाँ सेवा ‘परिवर्तनकारी कर्जा’, ‘स्मार्ट सेभिङ’ र ‘कन्याक्टलेस कार्ड’ उद्घाटन गर्दै यी सेवा नेपालका छरिएर बसेका र बैंकका सरल पहुँचप्राप्त गर्न नसकेका उद्यमीका लागि अगाडि बढाइएको जानकारी दिनुभयो ।

बैंकका पूर्वअध्यक्ष हरिचन्द्र खड्काले बैंकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिनुभयो र पूर्वअध्यक्ष ध्रुवकुमार भट्टराई तथा ध्रुव उप्रेतीले हाम्रो विकास बैंक, झिमरुक बैंक तथा रापती भेरी बैंक गाभेर बनेको यस बैंकका शेयरधनीले वर्तमान अवस्थामा आफ्नो लगानी उठाउन सक्ने अवस्था भई उनीहरूको पूर्व लगानी नाफामा परिणत भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकको आउँदो वर्षको योजनाबारे जानकारी दिनुभयो भने नायब कार्यकारी अधिकृत पारस कँडेले नेपाली उद्यमी तथा उद्यमशीलताको विकासमा बैंक अझै दृढ रहने उनीहरूलाई सहयोग गर्न नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …