तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

गोपाल ढकाल, मनोविद्

काठमाडौँ। विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम  तथा यसका बारेमा जनचेतना फैलाउने  उदेश्यले प्रत्येक बर्ष १० सेम्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आईरहेको र यस वर्ष पनि “Creating Hope through Action ” “अर्थात कार्य मार्फत आशाको सृजना” भन्ने नाराका साथ यो दिवस मनाईएको छ।

कोरोनाको महामारी तथा लामो लकडाउन र निशेधाज्ञाले  मानिसको  शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका साथै  धार्मिक , सास्कृतिक, आर्थिक लगायतका सबै पाटोमा असर पुर्याएकोछ । यसले सबै तह, तप्का, उमेर , वर्ग र समुदायका मानिसहरुलाई प्रभाव पारेकोछ। कोरोनाको संकटले मनोसामाजिक समस्या तथा विभिन्न किसिमका  मानसिक स्वास्थ्य समस्याहरु समेत बढेर गएकाछन ।

कोरोना महामारीले आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह भन्ने खालका  समचारहरु हिजोआज प्रशस्त  सुन्नमा आउने गर्छन  आत्महत्या  कोरोनाको महामारीले गर्दा मात्र भयावह भएको हो पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो ।  कोरोनाको संकट  पछि आत्महत्याको जोखिम भने  बढेर  गएकोछ ।प्रकृतिक बिपत्ति  तथा अन्य असहज र जोखिम पुर्ण अबस्थामा मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याको दर बढेर जाने जोखिम हुन्छ ।

आत्महत्या ठूलो चुनौती बन्दै 

नेपालमा  आत्महत्या   जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएकोछ । तथ्यांकले देखाए अनुसार  नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ -१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ  । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आ.व. २०७५ –  २०७६ मा ५,७५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए।  जुन सरदर दैनिक १६ जना पर्न आउछ ।

आ.व.२०७६- २०७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरुको  संख्या ६२७९ रहेको थियो । जसमा  दैनिक १७ जनाले आत्महत्याबाट आफ्नो  ज्यान गुमाउने गरेको देखिन्छ ।

यस आ.व २०७७/०७८ मा ७ हजार १४१ जना मानिसहरुले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको  नेपाल प्रहरीको तथ्यांकमा देखिन्छ जुन  दैनिक औसत  १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।  यो संख्या आ.व ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन्।  प्रत्येक वर्ष बिश्वमा  सरदर ८ – १० लाख  व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको बिश्व स्वास्थ संगठनको तथ्यांकले देखाउछ । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास गर्नेमा भने पुरुष भन्दा महिलाहरु बढि हुन्छन्  ।

आत्महत्याको कारण 

आत्महत्या गर्ने सोच र अवस्थामा पुग्नुमा धेरै कारणहरू हुन्छन । धेरै जस्तो अबस्थामा आत्महत्या वा आत्महत्याको प्रयासलाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।

आत्महत्या गर्नुमा  ९० -९५ प्रतिशत कारण  मानसिक रोग नै भएको देखिएकोछ । यसमा पनि डिप्रेसन नामक मनोरोग मुख्य मानिन्छ  ।  केही  ब्यक्तिहरु भने  क्षणिक आवेगमा आएर पनि आत्महत्या गर्ने गर्दछन ।  यसका साथै अत्याधिक जाँड – रक्सी तथा लागूँ पदार्थको सेवन र कडाखालका मानसिक रोग हुदाँ पनि व्यक्तिले आत्महत्या गर्न सक्ने जोखिम हुन्छ ।  आत्महत्या आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

आत्महत्याको जोखिम

आत्महत्याको हिसाबले  केही  ब्यक्तिहरु उच्च जोखिममा रहेका  हुन सक्छन । जस्तो  डिप्रेसनमा भएका , कुनै दुखद घटनाले धेरै नै प्रभावित भएका , पटक पटक आत्महत्याको प्रयास गरेका, तनाब पूर्ण  पेशा वा ब्यबसायमा लागेका , पारिबारिक झै – झगडा वा उल्झनमा फसेका, आर्थिक संकटमा परेका , बिरोजगार  तथा लाँगू प्रदार्थको कुलतमा फसेकाहरु आत्महत्याको हिसाबले  जोखिममा परेका ब्यक्तिहरु मानिन्छन् ।

मानसिक रोगको चेतनामा कमी 

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्या गर्नुलाई हाम्रो समाजले फरक रुपमा लिन्छ ।   मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबी देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई हाम्रो  समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भन्ने गरेको पनि सुनिन्छ ।  आत्महत्या गर्नेको परिवारसँग   अरु व्यक्तिहरूको सम्बन्ध तथा आउजाउ कम हुने तथा पानी बारावारसम्म गर्ने गरेको समेत सुनिन्छ  ।

आत्महत्या समस्याको समधान होइन 

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ ।  यो सुन्दर संसारमा केही समयको लागि टुवाँलो लागेको  मात्र  हो । धैर्य गरियो भने एक दिन त्यो टुवालो  अबस्य फाँट्नेछ।

जीवन रहे मात्र  फेरि संसार देख्न पाईन्छ । आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ ।  आफ्ना गल्तीहरु प्रायश्चित गर्न सकिन्छ । तर आफू नै नरहेपछि न संसार देख्न पाईन्छ न त आफूले गरेको  भुललाई सुधार्न वा प्रायश्चित गर्ने मौका नै पाइन्छ । आत्महत्या समस्याको समाधान हुँदै होइन ।

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ 

हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” । समय र सोच सधै एउटै हुदैन  । दुःख र निरासाको पललाई धैर्य गरेर केहीबेर पर्खने र सामना गर्ने हो भने त्यो पल  बितेर जान्छ । जीवननै त्याग्ने आफ्नो  सोचमा पनि परिवर्तन आउछ ।  थोरै  धैर्यता र अरुको सानो साथ र सहयोगले जिवनमा नयाँ  आशा जगाउन सक्छ । कसैको सानो  सहयोग पनि  जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

आत्महत्या सहयोगका लागि चित्कार 

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार  हो । कुनै कुनै अवस्थामा बाहेक  व्यक्तिले एकै पटक आत्महत्या गर्दैन । आत्महत्या गर्नु अगाडि ब्यक्तिले  विभिन्न किसिमका लक्षण वा संकेतहरू देखाउने गर्दछ ।  असी प्रतिशात ब्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै लक्षण देखाउने गरेको देखिन्छ । यस्तो अवस्थामा उसले  घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न  सकिन्छ ।

आशाको दियो जगाउ 

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर  किन  कोहि ब्यक्तिहरु आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन ?  आत्महत्या गर्ने अवस्थामा पुगेको ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएर देख्छ । उ आफै देखि निराश भएको हुन्छ । उसले मर्नुदेखि बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन । ब्यक्ति रको यस्तो निराश मनमा हामीले  कुनै न कुनै कार्य र माध्यमबाट आशाको दियो  जगाउने काम  गर्न सके उसको  जीवन बचाउन सक्छौ ।  आत्महत्याको समचारमा संबेदनशिल हौ,आत्महत्या एकदमै संवेदनसिल बिषय हो ।

आत्महत्याको समचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । जसले समाजमा झनै नकारात्मक असर पुर्‍याउछ। डिप्रेसनमा गएका   र  आत्महत्याको सोच बनाएकाहरुलाई यसले  आत्महत्या गर्ने हौसला बढाउछ  । बालबालिकाहरुले पनि त्यसको नक्कल गर्न सक्छन् ।

आत्महत्याको खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका लागि सबैको सहकार्यको जरुरत पर्दछ ।

यहाँहरुमा पनि आत्महत्याको सोच,  बिचार आईरहेको छ । आत्महत्या गर्ने योजना बनाई सक्नु भएको छ  वा आत्महत्याको प्रयास समेत गरिसक्नु भएको छ भन्ने आजै मनोविज्ञको सहयोग लिनुहोस ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …