तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

राजेश तिमल्सिना

काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिकाको सदरमुकाम गेल्डुङ बजार राजधानि काठमाडौंको रत्नपार्क बाट जम्मा ४२ कि मि दुरीमा पर्दछ।पर्यटकिय गन्तव्यस्थान धेरै भएकाे बेथानचाेक गाउपालिकामा महाभारत रेन्जकाे ३०१८ मिटर अग्लाे स्थानमा अवस्थित बेथानचाेक नारायणस्थान मन्दिरले यस क्षेत्रकाे परिचय बाेकेकाे छ ।

बेथानचाेकका युवा व्यवसायीहरूले सामेल भई गठन गरिएकाे बेथानचोक क्षेत्र सरोकार समाज नामक संस्था मार्फत काठमाडौं र गाउँलाई जोड्ने विभिन्न कृयाकलापहरु गर्दै आईरहेको छ। दैवि बिपत्ति, सामाजिक समस्या लगायतको बिषयमा स्थानिय स्तरमा आफ्नो उपस्थिति जनाउदै आईरहेको छ।

गत बर्ष दशैमा प्रतिभा सम्मान र जेष्ठ नागरिक सम्मान कार्यक्रम क्षेत्रपाल महांकालमा सम्पन्न गरे पश्चात केही आशा दिप जलेको बताउनु हुन्थ्यो स्थानीय जेष्ठ नागरिकहरू। मंसिर २ गते विश्वमा कोरोना मुक्तको कामना गर्दै  वेथानचोक गाउँपालिकाको  धार्मिक तथा पर्यटकीय स्थल ३०१८ मिटर अग्लाेस्थानमा अवस्थित  वेथानचोक नारायण स्थानको प्रचारप्रसार गर्ने हेतुले एकदिने धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा युवराज तिमल्सीना, कमल नेपाल,राम कुमार तिमल्सीना, कुमार तिमल्सीना र कमल तिमल्सिनाले पुजा आराधना गर्नु भयको थियो। मन्दिर भित्र  सरसफाईको साथसाथै गाईको दुध ले सम्पुर्ण देवताहरूलाई अभिषेक गराई युवा पण्डित शंकर पराजुलीद्वारा बैदिक मन्त्रोच्चारण गरि अनुष्ठान कार्यको प्रारम्भ गर्नुभयको थियो भने पुजा सम्पन्न भय पश्चात नारायणको आरति सहित अनुष्ठानको कार्य सम्पन्न गरिएको थियो। सोहि समयमा अन्य भक्तसज्जन महानुभावहरु भने सरसफाई मा जुट्नु भयको थियो।

कार्यक्रमको समापन वेथानचोक ३ को खोर्थापेको सामुदायिक भवन अगाडि चौरमा गरियको थियो। युवा ब्यबसायी युवराज तिमल्सीनाको अध्यक्षता र धार्मिक तथा सामाजिक ब्यक्तित्व ज्ञण प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं २,३ का वडा अध्यक्षज्यूहरू,नेपाली कांग्रेसका नेताहरू,नेकपा का नेता,पत्रकार, ब्यबसायी,विद्यार्थी र समाजका सदस्यहरुको सकृय सहभागिता थियो।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वेथानचोकको युवाहरू धार्मिक जागरण र अभियानमा कतिपनि बिचलित नभई निरन्तर लाग्ने र हरेक दिन कुलदेवता, पितृदेवता,माता पिता र गुरूको स्मरण गर्दै कर्मको प्रारम्भ गर्ने प्रतिबद्धता वेथानचोक क्षेत्र सरोकार समाजका प्रमुख सल्लाहकार मछिन्द्र कुमार लामाले ब्यक्त गर्नु भएको थियो।

प्रमुख अतिथि धार्मिक व्यक्तित्व ज्ञण प्रसाद तिमल्सीनाले युवाहरूमा आएको धार्मिक जागरणले धर्म क्षय नहुने पक्का भएकोले आजको दिन असाध्यै हर्षित छु भन्नुहुदै सम्पुर्ण युवाहरूलाई वेथानचोक नारायणको आशिर्वाद र कृपाको बर्षा होस् भनेर प्रार्थना पनि गर्नु भयको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने ब्यक्ति र संस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै एक दिवसीय कार्यक्रम अध्यक्ष युवराज तिमल्सीना द्वारा समापन गरिएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …