तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यही महिना असोज १७ गतेदेखि २१ गतेसम्म मुन्दुम अन्तराष्ट्रिय चित्रकला कार्याशाला तथा कला प्रदर्शनी कार्यक्रम हुनेभएको छ ।

खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउन चित्रकला कार्यशाला तथा प्रदर्शनी गर्न लागेको हो ।

उक्त चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागि हुनेभएका छन् ।

विभिन्न राष्ट्रबाट प्रशिद्ध चित्रकारहरु सहभागी रहने यो प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानहरुका साथै खोला खोल्सी, यहाँबाट देखिने हिमश्रृंखलाहरु, यहाँको परम्परागत सँस्कृति झल्कने चित्रहरु समावेश गरिने छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी उतार्ने नगर प्रमुख भट्टराईले बताए ।

उनले भने प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो। लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ ।

चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम नगरपालिकाको १८ लाख खर्चमा हुनलागेको हो। लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ ।

चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने भएका छन् ।

लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमको लागि जिल्लाका विभिन्न राजनीतिक दल संघ संस्थाहरु संग छुट्टाछुट्टै एवम् सर्वदलीय बैठक जलफल समेत गरिसकेका छन् ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी २०८० को सर्वदलीय छलफल कार्यक्रममा दलहरुका तर्फबाट उक्त कार्यक्रम जिल्लाको पहिचान र गौरव बढाउने महत्वपूर्ण कार्यक्रम हुनलागेको जनाउँदै सबैदलहरुले कार्यक्रम सफल पार्न एक्यवद्धता जाहेर गरेका छन् ।

दलका तर्फबाट नेपाली काँग्रेसका सभापति विष्णुकुमार राई, माओवादीका परसुराम विक, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा एसका अध्यक्ष जलसेर राई तथा यादवसेन राई, रास्वपाका दुर्वासा गेलाल लगायतको सहभागिता रहेको थियो ।

जिल्लाका पर्यटकीयस्थलहरु टेम्के, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका ठाउँहरुको अवलोकन तथा त्यस ठाउँहरुको समेत चित्र उतार्ने कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ ।

चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र छात्रालाई पनि सहभागी गराइने जनाइएको छ ।

चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै नगरपालिका प्रवेश गर्ने प्रमुख प्रदेशद्धार नुनथलाबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीलाई समेटेर विभिन्न उपसमितिहरु गठन गर्नुका साथै कार्यतालिकाका साथ उनीहरुको जिम्मेवारी समेत तोकिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …