भक्तपुर। महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि साँझसम्मनै भीड लागेको वडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।
मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको र बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आजको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफँैले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । आजको दिन यस मन्दिरमा ६० हजार दर्शनार्थीले डोलेश्वर महादेवको पूजा एवं दर्शन गरेको बताउँदै थापाले नागा बाबासहित ४५० जोगी धुनी जगाएर बसेको जानकारी दिनुभयो ।
महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । यहाँ आएका साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै थापाले धुनी जगाउनका लागि काठ उपलब्ध गराइएको बताउनुभयो ।
मन्दिरमा आउने भक्तजनलाई खिर, पुरी, तरकारी, चियालगायतका खाजा निःशुल्क वितरण गरिएको छ । नेपाली सेना र अन्य निजी अस्पताल तथा सूर्यविनायक नगर अस्पतालबाट निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । डोलेश्वर आउने साधुसन्त एवं नागा बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ भने फर्कने बेलामा उनीहरुलाई तहअनुसार रु ११००, रु १३०० र रु १५०० का दरले भेटी दिएर बिदाइ गरिने गरिने समितिले जानकारी दिएको छ ।
यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवका रूपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिनुभयो ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाभित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …