तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर। भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गर्नुभयो । अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको बताउनुभयो । उहाँले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापर्बाही भएको बताउनुभयो ।

पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने भन्दै उहाँले सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले भक्तपुरको कला, संस्कृति र पहिचानलाई पोखरीको जीर्णोद्धारसँगै जीवित राखेको उल्लेख गर्दै उपभोक्ता समितिबाटै पोखरीको जीर्णोद्वार सम्पन्न हुनुले ठेकेदारले भन्दा उपभोक्ताले राम्रो काम गर्नसक्ने सावित भएको बताउनुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा निर्माण गराएको काठमाडौँको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाकै पुरानो भएको बताउनुभयो । पन्ध्र रोपनी पाँच आना दुई पैसा क्षेत्रफलमा रहेको पोखरीको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्वार गरिएको छ । पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनःनिर्माण गरिएका छन् ।

रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको प्रजापतिले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …