तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञकुमार राई

खोटाङ ,नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङले २६ औँ बैठक सम्पन्न गरेको छ। नेपाली काँग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठको सभापतित्व तथा नेपाली काँग्रेस खोटाङका पुर्व पार्टी सभापति विष्णुकुमार राईको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय बिपी स्मृति भवन दिक्तेलमा २६ औँ बैठक सम्पन्न भएको हो।

बैठकमा पूर्व सहसभापति सुवास कुमार पोखरेल, संविधानसभा सदस्य सरस्वती बजीमय, हिरा गुरूङ, महासमिति सदस्य रवि प्रकाश राई, दिनेश राई, महाधिवेशन प्रतिनिधि बिमला राई, सहरजन राई, पदम निरौला , जिल्ला उपसभापति नवराज केसी, धरमराज पोखरेल, नेपाली काँग्रेस खोटाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई , त्यसै गरि नेपाली काँग्रेस खोटाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति इवन राई, लगायत नेपाली काँग्रेस खोटाङका बाक्लै नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो।

बैठकमा दलित संयुक्त संघर्ष समिति खोटाङले रुकुममा भएको नवराज विकसहित ६ जना युवाको वित्भस घटनाको दोषीलाई कारबाहीको ११ बुँदे माग प्रस्तुत गरेको छ । साथै नेपाल दलित संघ खोटाङका सभापति एवं पूर्व केन्द्रीय सदस्य हिरा बहादुर विकको असामयिक निधनप्रति समवेदना प्रकट गरेको छ ।

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका पाँच जना नेता तथा कार्यकर्ता नेकपा पार्टी परित्याग नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वहाँहरु जिल्लास्तरीय नेता हुनुहुन्छ । काँग्रेस प्रवेश गर्नेहरु निरकुकुमार रसाइली, विराज आचार्य, कुमार आचार्य, रामकुमार आचार्य, हीरा कार्की रहेका छन् उनीहरुलाई काँग्रेस सभापति नरेश कुमार श्रेष्ठ लगायतका नेताहरूले अबिर ,टीका , खादा लगाई स्वागत गर्नु भएको थियो ।


बैठकमा नेपाली काँग्रेस खोटाङले केन्द्रीय परिपत्र अनुसार क्रियाशील सदस्यको विषयमा छलफल गरी जिल्लाले क्षेत्रलाई वितरण गर्ने निर्णयसंगै क्षेत्रले पालिकालाई र पालिकाले वडालाई दिने निर्णय भएको छ।

त्यसैगरी नेपाली काँग्रेस खोटाङले नेपाली काँग्रेसका संस्थापक जननायक नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको अतुलनीय योगदानको स्मरण गर्दै ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी भव्यताको साथ मनाएको छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बिपी कोइरालाको विसं २०३९ साउन ६ गते क्यान्सरका कारण निधन भएको थियो।

उक्त कार्यक्रममा जननायक बिपीको सन्दर्भमा प्रमुख अतिथि बिष्णु कुमार राई, बिशेष अतिथि सुवास पोखरेल, सरस्वती बजीमय,हिरा गुरुङ, रवि प्रकाश राई, लगायतले आफ्नो भनाई राख्दै जननायक बिपी कोईराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …