तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

मोबाईल पत्रकार

कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले राज्यबाट सेवासुविधाबापत पाएको रकम जनतालाई नै फर्काउने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफूले पाएको १२ लाख ३५ हजार रुपैयाँमध्ये १८ हजार ५२५ रुपैयाँ करकट्टि भइसकेको र बाँकी १२ लाख १६ हजार ४७५ रुपैयाँ जनतालाई फिर्ता गर्ने घोषणा गरे ।

बमले फेसबूकमा स्टेटस लेखेर सेवासुविधा जनतालाई फिर्ता गर्ने घोषणा गरेपछि अधिकांश प्रतिक्रियामा एम्बुलेन्स किन्न सुझाव दिइएको छ । कालिकोट जिल्लाको ग्रामीण भेगका अधिकांश नागरिकले एम्बुलेन्स सेवा नपाएर अकालमै ज्यान गुमाउनुपरेकाले वडाध्यक्ष बमलाई एम्बुलेन्स किनेर जनताको सेवा गर्न सुझाव दिइएको छ ।

वडाध्यक्ष बमले पनि सबैको सुझावलाई आत्मसाथ गर्दै जनताको लागि एम्बुलेन्स ल्याउने बताए । ‘तपाईंहरूको सुझावलाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने र हस्तान्तरण गर्ने योजना बनाइरहेको छु उनले भने त्यो एम्बुलेन्सले यहाँका नागरिकको ज्यान जोगाउन ठूलो राहत मिल्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …