तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

मोबाईल पत्रकार

पर्साको ठोरी स्थित सीता गुफा नजिकै नेपाल भारत सीमा क्षेत्रमा रहेको सिमा स्तम्भ उखेलेर फ्याकिएको अवस्थामा फेला परेको छ । नेपाल तर्फ पर्ने सिता गुफा भन्दा करिब ८ मिटर दक्षिण तर्फ डाँडामा रहेको ४३६ नम्बरको सिमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको हो ।

ठोरी स्थित ससस्त्र प्रहरीको बीओपीका प्रहरी नीरिक्षक दिपक दाहालले सिमा स्तम्भ उखेलिएर फ्याकिएको अवस्थामा भेटिएको बताए । ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले विहान पुजाआजा हुँदासम्म सिमा स्तम्भ देखिएको तर दिउसो एकाएक आफूले समेत सिमा स्तम्भ नदेखेको बताए । “विहानसम्म सिमा स्तम्भ देखेका छौं, पूजाआजा सकेर फर्किएपछि हेर्दा स्तम्भ मैले देखिन,” ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले राजधानीसँग भने ।

सो स्थानमा अहिले ससस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएको भन्दै केही दिन अघि भनाइ सार्वजनिक गरेपछि सो क्षेत्रमा भिडभाड बढ्दै गएको छ । सो सिता गुफामा आज ठोरी गाउँपालिकाले भव्य पूजाअर्चना गरेको थियो । सो स्थानमा रहेको सिमा स्तम्भ कसले उखेलेर फाल्यो भन्ने विषयमा थप अनुसधान भइरहेको प्रहरी बताउँछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …