गएको माघे संक्रान्तिको विहान पोखरा विमानस्थलको नजिकै यति एयरलार्इन्सको विमान दुर्घटना हुदा विमानमा सवार ७२ जना सवैको दुःखद मृत्यु भएको खवरले हामी सवै नेपाली स्तव्ध भएका छौ र संगै यात्रा गरेका मित्र देशका आफन्तजनहरू समेत धेरै चिन्तित भएका होलान । यस दुर्घटनाका वारे छानविन गरि त्यसको कारण पत्ता लगाइने छ तर हामी कहाँ नै यस्ता दुर्घटना वारवार किन भैरहने गर्दछ र न्युन किन भैरहेको छैन ? यो गम्भीर चिन्ता र चासोको विषय हो।
विमानस्थलको अवस्थिति तथा सूचना प्रणाली, मौसमको प्रतिकुलता चालक दलको दक्षता र विमानको कन्डिशन जस्ता विषयको कारणले यात्रा सुरक्षित वा असुरक्षित हुने आधार हुन तर नेपालमा चाँही थोत्रा विमानहरू चलाउने अनुमति दिएको कारण यस्तो घटना हुने गरेको भनेर धेरैले आलोचना गर्ने गरिन्छ । लगानीकर्ताहरू संग प्रयाप्त रकमको अभाव तथा सरकारको हेलचक्र्याइबाट यस्तो हुने गरेको हो भने हामी गरिव हुनु तथा सरकारको लापरवाहीबाट हामीले दैनिक जीवन गुमाइरहेका छौ। यो मात्रै होइन हामी गरिव हुनुकै कारणले हामी धेरै नेपालीहरूले दैनिक अस्वाभाविक र दयनीय तवरले मृत्युवरण गरिरहनु परेका समाचार सुन्न वाध्य छौ ।
ऋणको वोझ सहन गर्न नसकि आत्महत्या गरेका घटना पनि त्यत्तिकै सुन्न वाध्य छो प्रेम प्रसाद आचार्य पछिल्लो उदाहरणहुन् । कतिपय गाउँघरमा वस्ने मानिसहरू घरपोत्ने माटो खन्न जाँदा खाल्टोमा पुरिएर मर्नु, घाँसपात गर्दा भीर तथा रूखबाट खसेर मर्नु, जवर्जस्ती खनिएका कच्चाबाटोमा यात्रा गर्दा गाडि पल्टिएर मर्नु, खर फुसका घर हरूमा आगालागिमा पर्नु, हावा हुरीबाट क्षति हुनु, तुइन बाट खसेर मर्नु , घर वासमा पहिरो जानु र परिवारको मृत्युहुनु , यी र यस्तै धेरै दुर्घटनामा परि ज्यान गुमाउनु गरिवी र सरकारका अकर्मण्यताका कारणहरू हुन, जसलाइ व्यवस्थापन गरि जोगिन सकिने थियो तर दुर्भाग्य यी र यस्ता दुर्घटनाहरू हुदा शासक वर्गले लज्जावोध गर्नुको सट्टा गोहीको ॲासु चुहाएर टार्ने गर्दछन् ।
यदि यो देशका नेता तथा शासकहरूले राम्रो संग कर्तव्य पालन गर्दै आएको भए, तत्वमोजिमको आर्थिक विकास तथा विकासको नमुना लागु गरि नागरिक सम्वृद्द भएको भए देशमा यस्तो गरिवी र त्यसका कारणले श्रृजित यस्ता दुर्घटना हुदैनथ्यो । सवै नेपालीको २। ३ कोठे भएपनि पक्कि घर हुन्थ्यो भने पोत्ने माटो खोज्न जादाँ मर्दैनथ्यौ, कतिपय राम्रो उपचार पाउन सके अकालमा मृत्यु हुदैनथ्यो गरिवी, लापर्वाही र अव्यवस्थाका कारणले अकालमा मृत्युवरणका घटना त कति छ कति । यति हुदा पनि पदमा पुग्नेको चेत खुलेको छैन र अझै पनि सत्ताको स्वार्थमा चुर्लुम्म डुवेको देखिदैछ यसको अर्थ हो अझ धेरै वर्ष सम्म हामीले यस्ता दुर्घटनाका नियती भोग्दै जान वाध्य हुने छौ।
सुनिन्छ पोखराको नयाँ विमानस्थल सञ्चालनको लागि पूर्णत स्तरीय तैयारि भएको थिएन तर चिनियाँ सरकारको दबाबको कारण प्रधानमंत्री ज्यूले हतारोमा उद्घाटन गरि सञ्चालनमा आयो, यो कुरामा केही सत्यता छ भन्ने अनुमान गर्न सकिन्छ किन कि उद्घाटन हुने बित्तिकै चिनियाँ दूतावासले यो परियोजना प्रोजेक्ट BRI अन्तर्गतको भएको जानकारी दिएको थियो । यसको अर्थ BRI प्रोजेक्टको रकम ऋणमा होइन BRI अनुदानमा दिन अनुरोध गर्नै र त्यसो भए मात्र लिने खालको कुरा आई रहेको बेला BRI परियोजना सुरु भइसक्यो भन्ने खालको चिनियाँ अभिव्यक्तिले सन्देह सिर्जना गरेको छ। जब कि BRI प्रोजेक्ट सुरु भएको छैन चर्चा र बहसमा छ ।
हामी अहिले बिमान पुरानो भएकोले पोखराको यो दुखद दुर्घटना भएको हुनसक्ने तर्फ मात्र केन्द्रित छौ तर यसमा सरकारको कमजोर नीति तथा शक्तिको प्रभावमा उड्डयन अनुमति र बिमान स्थलको हतारो उद्घाटनको कारण पनि त हुन सक्छ, शायद जाँच कमिटी लाई यता पनि अनुसन्धान गर्नै अधिकार क्षेत्र तोकिएको छैन होला,त्यसो हो भने यो घटना को जाँच प्रतिवेदन पनि पुरानो जस्तो परिणाम बिहीन हुने त होला !
त्यसो नहोस र अव वास्तविक सुधार गर्न भगवान पशुपति नाथले यी शासकहरूलार्इ सद्वुद्दि प्रदान गरि देश वनाउने संकल्प गरून ! घटना सम्वन्धको सत्यतथ्यको अध्यायन गरि प्राप्त प्रतिवेदन र सुझावहरू लागु गरि सुधार गर्ने प्रयास होस र अनाहकमा जीवन गुम्ने खतरा टरोस । दुःखद यस घटनाबाट शोकाकूल सकल परिवारजन प्रति हार्दिक समवेदना र स्वर्गीय आत्माको चिर शान्तिको कामना !
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …