वालिङ। स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको छ ।वालिङ १४ को सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रका लागि छुटेको जीप ग२च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।
जीप पर्वत जोड्ने माथिल्लो सडकबाट पाँच सय मिटर तल्लो सडकमा झरेको हो । गाडीमा सवारमध्ये १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो । १२ जना घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा वालिङ १४ पञ्चमुल अर्खलवासका ६३ बर्षीय माया पुन, ९ वर्षका प्रवीण कुँवर, २५ वर्षका जमुना कुँवर, ५० वर्षका कुदिप कुँवर, ५० वर्षका डेमकुमारी कुँवर, ८६ वर्षकी हरिकला कुँवर, ५० वर्षका टेककला कुँवर, २५ वर्षकी भिमकला कुँवर, ७० की मुवा कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर, ४३ कै जानुकार कुँवर, ४२ की ज्ञानदली कुँवर, ५० की मीना कुँवर, उमेर नखुलेकी फुलदेवी कुँवर रहेका छन् ।
यस्तै, ११ जना घाइतेहरुको पोखरामा र एक जना घाइतेको वालिङमा उपचार भइरहेको छ । जसमध्ये पोखरा पठाइएको सबैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उनीहरु तिवारी पसलस्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेको स्थानीयको भनाइ छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …