कतार । क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे ।
खेलको सुरुमा क्रोएसियाले अर्जेन्टिनामाथि दबाब बढाएको थियो। तर क्रोएसियाले कुनै आक्रमण भने बुन्न सकेन।बिस्तारै खेलमा हाबी हुन थालेको अर्जेन्टिनाले खेलको ३४ मिनेटमा अग्रता लियो। अर्जेन्टिनाका मेसीले पेनाल्टीमा गोल गरे ।
क्रोएसियाका गोलकिपर लिभाकोभिकले अल्भारेजलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।
जारी विश्वकपमा पाँच गोल गरिसकेका मेसीको समग्र विश्वकपको एघारौं गोल हो। यस्तै ३९ मिनेटमा अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। उनले मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै गोल गरेका थिए ।
गोल गर्नुअघि दुई पटक नियन्त्रण गुमाए पनि अल्भारेजले क्रोएसियन डिफेन्डरलाई छक्याएका थिए। अन्तिममा क्रोएसियन गोलकिपरलाई पनि बिट गर्दै उनले सिक्स यार्डभित्रबाट सानदार गोल गर्न सफल भए ।
त्ययसैगरी खेलको ६९ औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गर्न सफल भयो। कप्तान मेसीले मिहिनेत गरेर उपलब्ध गराएको उत्कृष्ट पासमा अल्भारेजले वान टचमा बललाई जाली चुमाएका थिए। क्रोएसियाविरुद्ध दुई गोल गरेसँगै अल्भारेजले जारी विश्वकपमा आफ्नो गोल संख्या चार पुर्याएका छन् ।
अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो ।
अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …