तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा हिमालयन फुटबल कल्ब मलेसियाका अध्यक्ष सन्तोष कार्कीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को सेल्टर हाउसलाई ५ लाख दिने घोषणा गरेका छन् ।

सोमबार गै आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएका उपसचिवका उम्मेदवार प्रविन गुरुङ, उपाध्यक्ष पदका उम्मेदवार रोबिन सेरचन, त्यसैगरी सचिव पदका उमेदवार मनोज गोर्खाली बिच एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार खगेन्द्र न्यौपानेले गौरीराज जोशीको एनआरएनए डेको दिन खेलाडी हरुलाई समान गर्ने कार्यक्रम रहेको हुदा बिशेश ओनरको लागि मलेसियाबाट सन्तोष कार्कीलाई विशेष ओनर दिन आग्रह गर्ने बताएका छन् ।

त्यस्तै एनआरएनए उपसचिव पदका उमेदवार प्रविन गुरुङले गत साल नवौं राष्ट्रिय खेलमा एनआरएनएको तर्फबाट खेल खेल्न जादा त्यहाँ बस्दा खादा कार्कीको व्यक्तिगत पैसा २५ लाख खर्चभएको बताउदै त्यो खर्च भएको पैसा एनआरएनएको सबै उम्मेदवार हरुलाई जानकारी गराई सकेको र त्यो एनआरएनएको खेलकुदमा भएको खर्च सबैलाई भनेर उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

सोही खर्च बापत एनआरएनएको ११ औं महाधिवेशनको अवसरमा गौरीराज जोशीको उनले एनआरएनए डे विशेष पुरस्कार सहित उनले नवौं राष्ट्रिय खेलमा जादा खर्च भएको २५ लाख बराबर पाउने भएको र त्यो पैसा आफुले पाए बापत एनआरएनए मलेसियाले स्थापना गरेको सेल्टर हाउसलाइ ५ लाख दिने निर्णय गरेका हुन् ।

उनले भने त्यो पैसा मैले आफ्नो खल्तिबाट खर्च गरिसकेको पैसा हो मेरो २४ लाख ८६ हजार खर्च भएकोछ। त्यो पैसा उहाहरु तपाईहरुले माया गरेर तपाईंको खेलकुदमा यत्रो खर्च भएकोछ भनेर मलाई कलेक्सन गरेर दिए पछि मैले त्यसबाट एनआरएनए एनसीसीको सेल्टर हाउसलाई ५ लाख जम्मा गर्दिने प्रतिबद्धता समेत गरेका छन् ।

कार्की २०/२५ बर्ष देखि मलेसियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आएका हुन उनको आफ्ने सेक्युरिटी कम्पनी पनि छन् भने उनले नेपाली खेल प्रेमी खेलाडीहरुको लागि हिमालयन फुटबल कल्ब पनि संचालन गर्दै आएका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …