मलेसिया । मलेसियाको इपो पेराकमा सुम्निमा युनाईटेड फुटबल क्लबको आयोजनामा दिपावली बिशेष गोल्डकप सम्पन्न भएको छ ।
दिपावलीको अवसरमा अकटोबर २३/२४ तारीखमा भएको गोल्डकप प्रतियोगिताको उपाधि आयोजक सुम्निमा रिया आईएमई टिमले जितेको छ ।
फाईनल खेल आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब र हिमालयन फुटबल क्लब बिच भएको थियो। पहिलो हाफ गोल रहित बराबरीमा खेल सकिएको थियो। दोस्रो हाफको शुरुवति समयमा नै १ गोल गर्दै आयोजक टिमले अग्रता लिएको थियो। दोस्रो हाफको समय समाप्ति अगावै हिमालयन फुटबल क्लबले १ गोल गर्दै बराबरी गरेको थियो ।
बराबरीको स्थिति पछि निर्णयको लागि रेफ्रिले ५/५ खेलाडि बिच पेनाल्टी गराएका थिए। पेनाल्टी सुटआउटमा आयोजक टिमले ५ पेनाल्टी गोल गेरेको थियो भने हिमालयन फुटबल क्लब क्लबको एक पेनाल्टी प्रहार आयोजक टिमका गोलकिपरले रोकिदिए पछि ४ गोल मात्र गरेको थियो ।
प्रतियोगिताको बिजेताले मलेसियन रिंगेट आठ हजार एक नगदसहित च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता टिमले मलेसियन रिंगेट चार हजार एक, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रतियोगिताको सर्वाधिक गोल कर्ता जुरु फुटबल क्लबका दिपक लामु, उत्कृष्ट खेलाडि सुम्निमा युनाईटेड फुबल क्लबका अर्पण राई, उत्कृष्ट मिडफिलडर सुम्निमा युनाईटेड फुबल क्लबका सन्जोक राई, उत्कृष्ट डिफेन्डर हिमालयन फुटबल क्लबका दिपक लिम्बू र उत्कृष्ट गोल रक्षक सुम्निमा युनाईटेड फुबल क्लबका विशाल राईले ट्रफी प्राप्त गरेका थिए ।
आयोजक सुम्निमा युनाईटेड फुटबल क्लबले नकआउट खेलमा एनवाईसी फुटबल क्लबलाई १-० को गोलको अन्तरले जित्दै सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा जुरु फुटबल क्लबलाई ३-० ले जराउदै फाईनल पुगेको थियो ।
त्यस्तै, हिमालयन फुटबल क्लबले नकआउट चरणमा सेनावाङ फुटबल क्लबलाई १-० ले हराएको थियो। क्वाटरफाइनलमा आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब बी टिमलाई २-१ को गोल अन्तरले पराजय गराएको थियो। हिमालयन फुटबल क्लबले सेमिफाइनलमा सिटि-एक्स्प्रेस फुटबल क्लबलाई १-० ले हराउदै फाईनल प्रवेश गरेको थियो ।
यस गोल्डकपको मुख्य प्रयोजक रिया आइएमई मोनिट्रस्फर, सोसियल पार्टनर पिएनसीसी, मिडिया पार्टनर सिमालटाइम्स र अफिसियल पार्टनर सुम्निमा एसडिएन बिएचडि रहेका थिए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …