मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङ जया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११ तारीख पत्रकार सम्मेलन गरि घोषणा गरेको हो ।
पाँचौं हिमालयन फुटबल गोलपडकपको पुरस्कार राशी प्रथम २५ हजार र दोस्रो १० हजार मलेसियन रिंगेट रहको छ । यस गोल्डकप साहाआलामको पानसोनीक फुटबल स्टिडियममा २०२३ जनवरी २२ देखि २४ तारीख बिहान १० बजे देखि राति १० बजे सम्म संचालन हुने छ । कोरोनाको पेन्डामीक पछिको यो पहिलो प्रतियोगिता हो । अब पहिले जस्तै सकृयताका साथ धेरै प्रतियोगिताहरु गरि मलेसियामा आप्रवासी फुटबल प्रतियोगिताको तयारी गर्ने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए ।
साथै हिमालयन फुटबल क्लब नेपालको पहिचानयुक्त फुटबल क्लब भएकोले मलेसियामा रहेका सबै नेपालीको रहेकोले सबैले साथ सहयोग गर्न अध्यक्ष कार्कीले आग्रह गरे ।
पाचौं हिमालयन गोल्डकपमा मलेसियाको उत्कृष्ट फुटबल प्रतियोगिता हुने र १५ फुटबल क्लबको सहभागिता रहने हिमालयन फुटबल क्लबका ब्यबस्थापक राजु तामाङले बताए । हिमालयन फुटबल क्लबले प्रत्येक दिन खेलाडिहरुलाई तयारी तालिम प्रदान गरिरहेकोले टिमले राम्रो नतिजा ल्याउने क्लबका प्रशिक्षक पुर्ण लिम्बुले बताए ।
यस गोल्डकपमा सहभागी हुने फुटबल क्लबहरुले २०२३ जनवरी १ देखि १५ तारिख सम्ममा टि दर्ता गराउनु पर्नेछ । साथै टिम दर्ता र गोल्डकपको थप जानकारीको लागि आयोजकलाई सम्पर्क गर्न अध्यक्ष कार्कीले जानकारी गराए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …