तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । आइसीसी विश्वकप लीग-२ शृङ्खलामा नेपालले नामिबियाविरुद्ध दोस्रो जित हासिल गरेको छ।यससँगै काठमाण्डूमा जारी आइसीसी विश्वकप लीग-२ त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तीन खेलमा जित हासिल गरेको हो।

ती सबैमा नेपालले दोस्रो ब्याटिङ गरेर ठूलो लक्ष्य पछ्याउँदै सफलता हासिल गरेको हो। शनिवार कीर्तिपुर क्रिकेट मैदानमा पनि नामिबियाले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालले अन्तिममा चौका प्रहार गर्दै २७८ बनायो।नामिबियाले पूरै ओभर खेलेर दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा पूरा गर्यो। नामिबियाले पहिलो ब्याटिङ गर्दै ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।

जवाफमा नेपालले ब्याटिङ गर्दै सात खेलाडी गुमाएर तीन विकेटको जित हासिल गर्‍यो।रोमाञ्चक जवाफी ब्याटिङ गरिरहेको नेपालले अन्तिम तीन ओभरमा तीन विकेट गुमाएको थियो।

एक दिन अगाडि मात्र खेलिएको खेलमा पनि नेपालले स्कटल्यान्डले दिएको २७५ रनकै लक्ष्य पार गरेको थियो।

शनिवारको दिन दर्शकले भरिभराउ कीर्तिपुरको मैदानमा ओपनर आशिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ‍‍र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेका थिए।

लीग-२ को शीर्ष तीन स्थानमा रहेको नामिबियाले यसअघि खेलेका तीन खेलमा नेपाललाई पराजित गरेको थियो। एक खेल वर्षाका कारण अवरुद्ध हुन पुगेको थियो।  जितसँगै नेपालको २७ खेलबाट २४ अङ्क बनेको छ।

जितसँगै नेपाली टोली विश्वकप लीग-२ को शीर्ष पाँचमा उक्लिने बाटोमा अगाडि बढेको छ। पाँचौँ स्थानमा रहेको यूएईको २७ अङ्क छ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …