तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाब हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गत वर्षको तुलनामा यो झण्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ ।

पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले यहाँको अर्थब्यवस्थालाई धरासायी बनाएको छ । डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएको कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपतकालीन अवस्थाको सामना गर्नुपरेको छ ।

राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइउको छ । 

संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।

“यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ । डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले एएफपीलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी बर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौं ।”

“केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीकाकारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा पुग्नेछौं । मेरो विचारमा हामीले आगामी महिनाहरूमा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …