तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ ।

कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् ।

शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गर्नुभएको छ ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंज्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेको समाचारमा उल्लेख छ ।

उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …